पूर्वाधारमा लगानी

पर्यटनलाई अर्थतन्त्रको बलियो स्रोतका रूपमा लिइन्छ । किनभने यो अर्थोपार्जनको गतिलो माध्यम हो । कर्णालीका लागि पनि पर्यटन प्रमुखमध्येको एक स्रोत हो, जसले समृद्ध प्रदेश निर्माणको योजनालाई सघाउ पु¥याउन सक्दछ । पर्यटकीय दृष्टिले कर्णाली उच्च सम्भावना बोकेको प्रदेश हो । विविधतायुक्त पर्यटन क्षेत्रको विकास गर्न सकिने प्रचूर सम्भावना छ । तर हालको अवस्थासम्म सम्भावनाको सदुपयोग हुन भने सकेको छैन ।

प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण छ कर्णाली । यहाँको भौगोलिक भू–बनोटदेखि सामाजिक पक्षका विविध आयामहरूले जोकसैलाई आकर्षित गर्ने सामथ्र्य राख्दछन् । जातजाति, धर्म, भाषा, साहित्य, कला संस्कृति रहनसहनकोे सङ्गमस्थलको रूपमा रहेको छ कर्णाली । पुराताŒिवक सम्पदा, नाँचगान, जात्रा, भेषभूषा, भाषा, कला र संस्कृतिलाई पर्यटक आकर्षित गर्ने माध्यमका रूपमा उपयोग गर्न सकिन्छ । यहाँको संस्कृति र सभ्यताको प्रवद्र्धन गरी पर्यटन क्षेत्रको विकास गर्न सकिने प्रशस्त सम्भावना एकातिर रहेको छ भने अर्कातिर यसले प्रदेश र सिंगो मुलुकको आर्थिक विकासमा ठूलो टेवा पु¥याउँछ । विदेशी मुद्रा आर्जन, रोजगारी वृद्धि, गरिबी न्यूनीकरणमा पर्यटन विकासको भूमिका महŒवपूर्ण रहन्छ । कर्णालीका केही ऐतिहासिक विशेषताहरू पनि छन् । कर्णाली सभ्यता र संस्कृतिको केन्द्रविन्दु, नेपाली भाषाको उद्गम स्थल, भौगलिक विविधता, प्राकृतिक सुन्दरता विभिन्न जातजाति भाषाभाषी भएको, प्राकृतिक साधन र श्रोतले सम्पन्न क्षेत्रको रूपमा समेत परिचित छ । इतिहासको कुनै कालखण्डमा आत्मनिर्भर, आर्थिक सम्पन्नता भएको यो क्षेत्र राज्यबाट घोर उपेक्षाका कारण परनिर्भरताका साथै रोग, भोक, अशिक्षा र अभावको परिचायक बन्न गएको छ भने अर्कोतिर विकास सम्पूर्ण तहमा राष्ट्रिय मूल प्रवाहबाट अलग छ ।

सम्भावनाहरूलाई अवसरमा बदल्न केही चुनौती पनि छन् । भौगोलिक बनोट तथा वैकल्पिक यातायातको सुविधाको अपर्याप्तताका कारण पर्यटन क्षेत्रको विकास एवम् विस्तार हुन सकेको छैन । पर्यटकीय पूर्वाधार निर्माणमा पछि परेको छ । पूर्वाधार निर्माणमा सरकारले लगानी पनि गरिरहेको छ । तर कार्यान्वयन निकै सुस्त छ । अहिले तीनै तहका सरकारले केही नयाँ र केही पुराना पर्यटकीय स्थलहरू निर्माण र पुनर्निर्माणमा लगानी गरेका छन् । त्यसका लागि गुरुयोजना समेत निर्माण भएका छन् । तर सबै ठाउँमा आधा–आधी मात्रै काम सम्पन्न भएका छन् । पर्यटकीय स्थलका पूर्वाधार निर्माणमा निर्माण व्यवसायी तथा बजेट कार्यान्वयन गर्ने निकायको उदासीनता देखिएको छ ।

बनाइएका योजना कार्यान्वयन नगर्नु सरकारी विडम्बना हो । यसबाट कर्णाली पनि पीडित बन्दै आएको छ । पूर्वाधार विकासमै पछि परेको छ । यसको असर पर्यटन क्षेत्रले बेहोर्नुपरेको छ । पर्यटन विकास नहुनु भनेको आर्थिक उपार्जनमा कमी आउनु हो । भएको स्रोतबाट लाभ लिन नसक्नु हो । स्रोत परिचालनका लागि पूर्वाधार विकास अपरिहार्य हुन्छ । कर्णाली प्रदेशको पर्यटकीय सम्भावनालाई केलाउने हो भने तत्काल पर्यटन पूर्वाधार विकासमा ध्यान पु¥याउनुपर्ने देखिन्छ । यसका लागि तीनै तहका सरकार गम्भीर हुन जरुरी छ ।

प्रकाशित मितिः   ११ माघ २०७७, आईतवार १०:५३