ओलीलाई पार्टी बाटै हटाइन्छ: नेपाल

राजनीतिमा ओलीको भविष्य नभएको बताउँदै उनले संगत गर्दै जाँदा प्रचण्ड आफूलाई राम्रै लाग्न थालेको बताए ।

राजनीतिमा ओलीको भविष्य नभएको बताउँदै उनले संगत गर्दै जाँदा प्रचण्ड आफूलाई राम्रै लाग्न थालेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी ‐नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीवार वीरेन्द्रनगरमा विरोध सभा गरेको छ । सभालाई वरिष्ठ नेता माधवकुमार नेपाल, स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत लगाायतका नेताले सम्बोधन गरेका छन् । नेकपा वरिष्ठ नेता नेपाललले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको सदस्य नै नरहनेगरी हटाइने बताए । मन्तव्यको सुरूवातमै ओलीप्रति खनिएका उनले भने, ‘प्रतिनिधिसभा विघटन गरी असंवैधानिक काम गर्नेलाई नेकपाले अब सदस्य पनि राख्दैन । त्यस्ता व्यक्तिलाई साधारण सदस्यबाट पनि हटाइन्छ ।’ उनले ओलीलाई पार्टीमा रहने अधिकारसमेत नरहेको बताए ।

गणतन्त्र ल्याउनमा ओलीको कुनै भूमिका नरहेको आरोप लगाउँदै नेता नेपालले उनलाई गणतन्त्रको माया समेत नभएको ठोकुवा गरे । ‘गुटगत राजनीति गर्ने कम्युनिष्ट हुनै सक्दैन । गुट बोक्ने मान्छेसँग लोकतान्त्रिक संस्कार र चरित्र पनि हुँदैन,’ उनले भने । पार्टीका नेताहरूमाथि बदलाको भावना राख्नाले ओली आफै सकिन लागेको उनको दाबी थियो । ओलीलाई प्रधानमन्त्रीमा आफूले नै सिफारिस गरेको भन्दै नेता नेपालले अहिले पदमा पुगेपछि गैरकानुनी काम गर्न थालेको आरोप लगाए । प्रतिनिधिसभा विघटन गरी असंवैधानिक कदम चाल्ने कुनै अधिकार प्रधानमन्त्रीलाई नभएको नेपालले दोहो¥याए ।

ओलीले पार्टीका सिद्धान्त, विधि र पद्धति सबै बिर्सिएकाले अब उनी पतनको बाटोमा लागेको उनको जिकिर थियो । ओलीमा राजनीतिक संस्कार र नैतिकता नभएको भन्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले भने, ‘ओली सबै ठाउँमा अल्पमतमा छन् । पदमा नपुगुञ्जेल प्रचण्डको बुई चढे । अहिले प्रचण्डलाई लात्तीले हानेर सडकमा फाले ।’ राजनीतिमा ओलीको भविष्य नभएको बताउँदै उनले संगत गर्दै जाँदा प्रचण्ड आफूलाई राम्रै लाग्न थालेको बताए ।

कार्यक्रममा बोल्दै नेकपा स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले ओलीले देश तहसनहस पारेको आरोप लगाए । उनले संविधानको रक्षाको लागि आफूहरू पछि नहट्ने बताए । ओलीलाई राष्ट्रघातीको संज्ञा दिएका उनले भने, ‘यस्तासँग अब पार्टी एक भए जाने सम्भावना नै छैन ।’ संविधान र देशको रक्षाका लागि आफूहरू जस्तोसुकै कदम चाल्नसमेत पछि नपर्ने उनको भनाइ थियो ।

यस्तै नेकपा स्थायी कमिटी सदस्य बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई मिचेर गलत कदम उठाएको जनाए । ओलीकै कारण पार्टी भिजानको अवस्थामा गएको र पार्टी विभाजनले कम्युनिष्ट आन्दोलन नै कमजोर हुने उनको भनाइ थियो । ओलीले सडकमा जथाभावी बोलका कुराहरूलाई औपचारिक रूपमा निर्णय गर्न पार्टीले सुरू गरिसकेको बताउँदै उनले ओलीको भ्रम अब धेरै दिन नटिक्ने दाबी गरे ।

नेकपाभित्रको विवाद बढ्दै जाँदा अहिले पार्टी विभाजनको संघारमा छ । दुवै समूहले एक अर्कोेलाई आरोप–प्रत्यारोप गरेर भेला, विरोधसभा तथा आमसभाहरू गरिरहेका छन् । दल आधिकारिताको लडाइँमा रहेका दुवै समूह अब एक भएर जाने सम्भावना न्यून हुँदै गएको छ । आपूm नै आधिकारीक दल भएको दाबी गरिरहेका उनीहरूले अर्को समूहलाई कारबाही गर्नेदेखि व्यक्तिगत तहमै उत्रिएर आरोप–प्रत्यारोप लगाउने गरेका छन् ।

प्रकाशित मितिः   ९ माघ २०७७, शुक्रबार ११:२४