पोषण स्थिति सुधार गर्न कार्यशाला
पोषणमा सुधार ल्याउन सुर्खेतका नौ वटै स्थानीय तहमा कार्यशाला गोष्ठी सुरू भएको छ । कृषि तथा पशु शाखा प्रमुखहरूसँगको दुईदिने कार्यशाला बुधवारदेखि वीरेन्द्रनगरमा सुरु भएको हो । सुआहारा कार्यक्रमसँगको सहकार्यमा स्थानीय साझेदार समाज जागरण केन्द्र (स्याक) नेपालले कार्यशालाको आयोजना गरेको छ । कार्यशालामा पालिकाहरूमा पोषणको स्थिति सुधारका लागि छलफल हुनेछ । पालिकाहरूले बनाउने कार्यक्रमहरू हजार दिनका आमा तथा बच्चाको पोषण सुधारमा केन्द्रित गर्नका लागि कार्यशालाको आयोजना गरिएको सुआहारा कार्यक्रमका फिल्ड संयोजक रेशमबहादुर चन्दले बताए ।
कार्यशालाबाट पालिकाहरूमा पोषणमा टेवा पुग्ने खालका कार्यक्रम बनाउन कार्ययोजना तयार गरिनेछ । साथै कृषि, पशु तथा खाद्य सुरक्षा सम्बन्धी विद्यमान ऐन÷कानुनका बारेमा अभिमुखीकरण गर्नेसमेत कार्यक्रमको उद्देश्य रहेको चन्दले बताए ।
‘कर्णाली प्रदेशमा हाल कुपोषण दर उच्च छ । कुपोषणबाट हुने होचा पुड्काको दर कर्णालीमा ५४ दशमलब ५ प्रतिशत रहेको छ । पोषण स्थिति सुधारका लागि स्थानीय तथा प्रदेश सरकारसँगको सहकार्यमा सुआहारा कार्यक्रमले कर्णालीका विभिन्न जिल्लामा काम गरिरहेको छ ।
प्रकाशित मितिः ८ माघ २०७७, बिहीबार ०९:५०
साझा बिसौनी ।