पाँच जना संक्रमित थपिए

कर्णाली प्रदेशमा थप पाँच जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार शनिवार सो संख्यामा संक्रमित पुष्टि भएका हुन् । २१ जनाको परीक्षण गर्दा पाँच जनामा कोरोना देखिएको महाशाखाले जनाएको छ । सुर्खेत र जुम्लाका दुई÷दुई जना तथा हुम्लाका एक जनामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार चार सय ५८ पुगेको छ ।

शनिवार प्रदेशमा १९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या सात हजार एक सय ८६ पुगेको छ । प्रदेशमा कोरोना संक्रमणका कारण २८ जनाको मृत्युु भएको छ । हालसम्म ९६ हजार ६ सय ५२ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, शनिवार देशभर थप दुई सय ४० जनामा संक्रमण देखिएको छ । यससँगै नेपालमा संक्रमितको संख्या दुई लाख ६७ हजार ५६ पुगेको छ । उनीहरूमध्ये दुई लाख ६१ हजार ४४ जना संक्रमणमुक्त भएका छन् भने एक हजार नौ सय ५४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर चार हजार ५८ सक्रिय संक्रमित छन् । उनीहरूमध्ये एक सय ६९ जनाको आईसीयू र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मितिः   ४ माघ २०७७, आईतवार १०:२७