फोटोग्राफर समितिमा थापा

सुुर्खेत फोटोग्राफर समितिको अध्यक्षमा केशरबहादुर थापा चयन भएका छन् । शनिवार सम्पन्न समितिको पाँचौँ साधारण सभाबाट थापालाई अध्यक्षमा चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा ऋषिप्रसाद अधिकारी, सचिवमा बसन्तप्रसाद जैसी, सह–सचिवमा जस्वीर रावल र कोषाध्यक्षमा धनबहादुर घर्ती चयन भएका छन् । सदस्यहरूमा डम्मर सुनार, सन्तोष रञ्जीतकार, नारायण थापा, गणेशबहादुर गाहा, घनश्याम केसी, गोपाल विश्वकर्मा, मदन खड्का र डम्मर खत्री रहेका छन् । फोटोग्राफी पेशालाई मर्यादित र गुणस्तरीय बनाउन तथा उक्त पेशामा आवद्धहरूको व्यावसायिक हकहितका लागि एकजुट हुन समिति गठन गरिएको बताइएको छ ।

प्रकाशित मितिः   ४ माघ २०७७, आईतवार १०:२०