मिशन नेपालको समिति गठन

सुर्खेतमा मिशन नेपाल राष्ट्र निर्माण समिति गठन गरिएको छ । शनिवार वीरेन्द्रनगरमा अर्जुन बुढाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा प्रकाश भट्टराई, महिला उपाध्यक्षमा राधिका भट्टराई, कोषाध्यक्षमा गीता बम, सचिवमा धनबहादुर महतारा र सह–सचिवमा दीपेन्द्र महतरा रहेका छन् ।

यस्तै समितिको सदस्यमा दीपेन्द्र भट्टराई, मंगल बुढा, नविना भट्टराई र यामन रिजाल चयन भएका छन् । समितिको प्रेस सल्लाहकारमा अभिनन्दन बस्नेत चयन भएका छन् । सामाजिक अभियन्ता एवम् मिशन नेपाल राष्ट्र निर्माण अभियानकी केन्द्रीय कोषाध्यक्ष सरला गुरुङको अध्यक्षतामा समिति गठन गरिएको हो । समितिले सामाजिक तथा राजनीतिक अभियानहरूमा जनचेतना जगाउने काम गर्ने बताइएको छ । समितिले भ्रष्टाचार, विभेद्, दुव्र्यसनी, सामाजिक तथा राजनीतिक विकृतिविरुद्धका अभियान चलाउने अध्यक्ष बुढाले बताए ।

प्रकाशित मितिः   ४ माघ २०७७, आईतवार १०:१६