कुरै कुराको देश (कविता)

–भीमबहादुर भण्डारी
हामी कुरै कुरामा 
एकादेशको कथा कहन्छौं 
हामी कुरै कुरामा एकादेशको व्यथा भन्छौं । 
हामी कुरै कुरामा 
राज्यमाथिको नाकाबन्दी छिट्टै हटाउँछौं 
भारतसित रिसाएको अभिनय गर्छौं
चीनसित जोडिएका नाटक खेल्छौं 
हामी करै कुरामा ।
हामी कुरै कुरामा 
चीनबाट तेल ल्याउने बाटो खन्छौं 
तेलको पाइपलाइन विछ्याउँछौं । 
जनताका घरघर तेल पु¥याउँछौं । 
हामी कुरै कुरामा । 
हामी कुरै कुरामा राष्ट्रवादी बन्छौं 
राष्ट्रिय एकताको विगुल फुक्छौं 
सङ्घीयताका कुरा गर्छौं 
हामी कुरै कुरामा ।
हामी कुरै कुरामा 
राष्ट्रलाई लोडसेडिङ्गमुक्त बनाउँछौं 
हावापानी बिजुली निकाल्छौं ।
चन्द्र सूर्यबाट बत्ती बाल्छौं 
अन्धकार हटाउने योजना बनाउँछांै ।
हामी कुरै कुरामा ।
हामी कुरै कुरामा 
भोका नांगाका याजना बनाउँछौं । 
समृद्धिका सपना बाँड्छौं 
सुकुम्बासी बाढीपीडित भूकम्पपीडितका
दुःखमा गोहीमा आँसु बगाउँछौं 
हामी कुरै कुरामा धेरै गर्छौं
हामी कुरै कुरामा धेरै भन्छौं 
हामी कुरै कुरामा धेरै बन्छौं 
र त 
हामी नेतृत्वमा जान्छौं
र त हामी गर्ने नहुने काम पनि गर्छौं 
हामीले गरेका कामले सबैलाई पोल्छ 
हामी कुरै कुराको मलमले सबैलाई रोक्छ ।
त्यसैले हामी कुरै खान्छौं, कुरै लाउँछौं 
कुरै ओड्छौं कुरै ओछ्याउँछौं ।