‘मायाले दुःख भुलाउँदो रै’छ’
![]() |
नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा सुर्खेत इन्चार्ज चक्रपाणि शर्मा र उनकी जीवनसाथी चन्द्रा शर्मा । |
माया हुन्छ जहाँ, मनुष्य त्यसमा यो प्याराले झुम्दछ ।
माया छैन भने मनुष्य त्यसमा के कामले रुम्दछ ?
यी माथिका कविताका दुई पङ्क्तिले मायाको परिभाषा दिन खोजेको छ । माया हुन्छ जहाँ मानिस त्यसमा प्यारो बनेर बसेको हुन्छ, माया छैन भने मानिस त्यसमा रुमलिएको हुन्छ । यी कविताले कसैको जीवन काहानीलाई बताउन खोजेको छ ।
माया भन्ने शब्द दुई अक्षरले बनेको छ । तर, यही दुई अक्षरको मायाले मान्छेलाई संसारभरको खुशी पनि दिन्छ । मायाले नै संसार चलेको छ । यदि एकआपसमा, घरपरिवार, समाज र देशप्रति कसैको पनि माया नभएको भए यो संसार सायद अँध्यारो हुने थियो । फरक यति हो हामी घरपरिवारलाई, आफन्त, समाज र देशलाई गर्ने माया भन्दा यहाँ चर्चा गर्न खोजिएको माया अलि फरक रहेको छ । जहाँ दुई प्रेमी प्रेमिका वा श्रीमान् श्रीमतीबीचको माया अलि फरक हुने गर्छ । जुन सम्बन्धहरूमा विश्वासमा जोडिएर बसेको हुन्छ त्यो सम्बन्धमा सधैं सुखमय हुन्छ ।
जीवनमा उतार चढाव निकै आउँछन् । त्यसलाई हामीले सामना गर्न सक्नु र सिक्नुपर्छ । चक्रपाणी शर्मा र चन्द्रा थानीले पनि जीवनमा निकै सङ्घर्ष गरे । उनीहरू दुवैको जन्म सुर्खेतमा भए पनि उनीहरूको भेट भने काठमाडौंमा भएको थियो । २०३५ सालमा सुर्खेतबाट पढाइको लागि भनेर नै काठमाडौं जानेहरूको संख्या औंलामा गन्न सकिन्थ्यो । त्यही औंलामा गन्न सकिने मध्ये चक्रपाणी र चन्द्रा पनि थिए । उनीहरू एकअर्काेलाई चिन्थे तर, अगल–अगल क्याम्पसमा पढ्ने गर्थे । त्यति बेला शर्मा स्नातक पढ्थे भने चन्द्रा १२ कक्षामा पढ्दै थिइन् ।
उनीहरूको चिनजानलाई मायामा बदल्न विद्यार्थी आन्दोलनले सहयोग ग¥यो । २०३५ र २०३६ को विद्यार्थी आन्दोलनमा होमिएका दुवै जना त्यही आन्दोलनबाट नजिक हुन थालेका थिए । उनीहरू भन्छन्, ‘हाम्रो भेटघाटलाई नजिकबाट नियाल्ने मौका विद्यार्थी आन्दोलनले जुटाइ दिएको हो ।’ दुवै जना विद्यार्थी आन्दोलनमा होमिएका त्यसमा पनि दुवैको विचार पनि मिल्न गयो । दुवैले एकअर्काेलाई मन पराउन थाले । तर, भन्न सकेनन् । जब शर्माले स्नातकतह सकेर घर आए अनि उनको घरमा विवाहको कुरा चल्न थाल्यो । शर्मालाई लाग्यो चन्द्रासँग मेरो विचार हर कुरा मिल्छ । पढेलेखेको, सबै कुरा सहज रूपमा लिनसक्ने यतिको केटीलाई जीवनसाथी बनाउँदा जीवन सुखमय नै हुन्छ भन्ने उनलाई लाग्यो । उनले सोच विचार गरेर नै अब आफ्नो मनको कुरा चन्द्रालाई भन्ने अठोट गरे । हुन त चन्द्राले पनि शर्मालाई मन पराउँथिन् । दुवैको व्यथा एउटै थियो भन्न नसक्ने । शर्माले आँट गरेर एक्कासी चन्द्रासँग विवाह प्रस्तावको कुरा राखे । शर्माको विवाह प्रस्तावलाई चन्द्राले सहज रूपमा नै स्वीकार गरिन् ।
शर्मा सुर्खेतको सालकोट, त्यसमा पनि अलि गाउँमा नै जन्मिएका अनि चन्द्रा अलि सम्पन्न परिवारकी थिइन् । घरपरिवारले स्वीकार्दैनन् कि भन्ने डर मनमा लिएर दुवैले घरमा भने । चन्द्राका पिता पनि अलि पढेलेखेका र जान्ने बुझ्ने थिए उनलाई छोरीको खुशी चाहिएको थियो । त्यसैले चन्द्राको रोजाइ शर्मा उनको पितालाई मन प¥यो । दुवैको घरपरिवारबाट नै विवाहको कुरा चलाएर उनीहरूले २०३८ सालमा मागी विवाह गरे । दुवैमा एकअर्काेप्रतिको माया जस्तै विश्वास पनि त्यतिकै गाढा थियो ।
माया हुन्छ जहाँ, मनुष्य त्यसमा यो
प्याराले झुम्दछ ।
माया छैन भने मनुष्य त्यसमा के
कामले रुम्दछ ।
प्यारैको फल होनि मानिस जुनी हो प्यारको जिन्दगी
प्यारैले सजियो बचाउन पनि झन प्यार चाहिन्छ की
छैन प्यार भने रुखो जमिनमा देखिन्छ बाझो रूप
रोपेका बिरुवा सुकेर हरियो मर्नेछ सारा रुख ।
यी कविताका पङ्क्ति चन्द्राले शर्माका लागि लेखिकी थिइन् । चन्द्रा साहित्यमा पनि रुची राख्ने हुँदा यस्ता कविताले उनका कापीका पानाहरू भरिएका छन् । अब केही समयमा उनी किताब नै निकाल्ने सोचमा पनि छिन् ।
विवाह पछिका दिनमा शर्माले नेपाल टेलिकमको प्रमुख पदमा रहेर १५ वर्ष काम गरे । हुन त उनलाई विद्यार्थी आन्दोलनले राजनीतिमा लाग्नुपर्छ भन्ने छाप छोडेको थियो । सरकारी जागिर खाएका शर्मालाई राजनीति मोहले छोड्न सकेन । अन्ततः उनी १५ वर्षदेखि काम गर्दै आएको सरकारी जागिर छोडेर राजनीतिमा प्रवेश गरे । सरकारी जागिर खानुभन्दा पहिला दुई वर्ष उनले शिक्षण पेसा पनि गरेका थिए । दुवै पेसालाई छाडेर उनी राजनीतिमा लागे । अन्य पेसाले भन्दा उनलाई राजनीति मोहले बढी छोयो र उनी २०५५ सालदेखि पूर्ण रूपमा राजनीति क्षेत्रमा नै
लागे । उनले भने, ‘मलाई विद्यार्थी आन्दोलनको छापले छोडेको थिएन, त्यसमा पनि अब देश र जनताका लागि केही गर्नुपर्छ भन्ने सोचेर नै राजनीति क्षेत्रमा प्रवेश गरे ।’
पिता नन्दलाल शर्मा र माता सावित्रा शर्माको कोखबाट २०१५ सालमा सालकोटमा जन्मिएका शर्माको बाल्यकाल सुखद्सँगै बित्यो । उनी बाल्यकालमा साथीभाइसँग मिल्ने, खेल्ने स्वभावका थिए । उनी बाल्यकालदेखि नै पढाइमा अगाडि नै थिए । अहिले पनि उनी राजनीति क्षेत्रमा सफल नै देखिन्छन् । उनी नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य छन् ।
विवाहपछिका दिनमा दुवैको सङ्घर्षले जीवन चलाएका थिए । शर्मा काठमाडौं र चन्द्रा घरमा बसेर विद्यालयमा पढाउने गर्थिन् । उनले भनिन्, ‘उहाँ काठमाडौं हुनु हुन्थ्यो, म भने सुर्खेतमा नै बसेर पढाउने गर्थे ।’ छोरी जन्मेपछि चन्द्राले एक्लै बच्चाको स्याहार सुसारदेखि विद्यालयमा पढाउने सबै काम गर्ने गर्थिन् । उनीहरू विवाहपछि पनि १० वर्षसम्म एकअर्कोबाट कामको शिलशिलामा टाढा नै बसे । उनीहरू भन्छन्, ‘हामी विवाह पछिका १० वर्ष टाढा नै बस्यौं ।’
पिता प्रजापति थानी र माता भस्मीदेवी थानीको कोखबाट वयलकाँडा सुर्खेतमा २०१७ सालमा जन्मिएकी चन्द्राको बाल्यकाल सुखद्मय सँगै बितेको थियो । उनलाई दुःख के हो भोग्नु परेन । जुन सुकै काम पनि म गर्नसक्छु भन्ने आँट उनमा थियो । त्यही आँटले गर्दा पनि उनमा विवाहपछि जीवनलाई अगाडि बढाउने हिम्मत आयो । सुख सयलमा हुर्किएकी चन्द्रालाई विवाह पछि भने निकै सङ्घर्ष गर्नुप¥यो । तर, त्यो दुःख उनले भावी जीवनको लागि गरेकी थिइन् । उनी भन्छिन्, ‘मायामा यस्ता जति ठूलो दुःखलाई पनि सहजै पार गर्न सकिँदोरहेछ ।’ दुवैको एकअर्काेको मायाले जीवनमा उनीहरूलाई सङ्घर्ष गर्न सिकायो । तर, दुवैमा कुनै दुःखको अनुभूति भने भएन । उनी सुखसयलमा हुर्किएकी त्यसमा पनि माइतीघर छोडेर पराइघरलाई आफ्नो बनाउन आएकी त्यही सहज थिएन । तर, पनि उनले ती चुनौतीहरूलाई सहज रूपमा पार गरिन् ।
विवाह पछिका दिनमा उनीहरूबीच सामान्य झगडा बाहेक बोली बाराबार हुने गरी झगडा भएको छैन । उनीहरू एकआपसमा सहयोग गर्ने गर्छन् । खाना पकाउँदा पनि चन्द्रा र शर्मा सँगसँग पकाउने गर्छन् । एकअर्काेको प्रशंसा पनि उनीहरू खुलेर गर्ने गर्छन् । शर्मालाई चन्द्राको सरल किसिमको स्वभाव र भडकपन नदेखाउने बानी मनपर्ने गर्छ । सानो तिनो कुरामा चन्द्रा धेरै चिन्ता लिने बानी भने शर्मालाई मन पर्दैन । त्यस्तै चन्द्राले शर्माको सहयोगी भावना राख्ने, हरेक कुरामा बुझेर अगाडि बढ्ने बानी मन पराउँछिन् । झट्ट बोलीमा कहिले काहीं रुखोपना ल्याउने बानी भने उनलाई मन पर्दैन । चन्द्रा शर्माका लागि कहिले काहीं साहित्यमा कविता कोर्ने गर्छिन् । शर्मालाई उनले लेखेका कविताहरू औधी मनपर्ने गर्छ । शर्मा कहिले काहीं गीत संगीत सुन्ने गर्छन् । उनी धेरै जसो देशभक्ति र लोकदोहोरी गीत सुन्ने गर्छन् ।
उनीहरूका अनुसार दाम्पत्य जीवन सफल बनाउन एकअर्काेमा समझदारी र विश्वास कायम हुन जरुरी छ । एकअर्काेको कुरामा आलोचना गर्नुभन्दा पनि एकअर्काेको भावना बुझेर व्यवहार गर्दा राम्रो हुने उनीहरूको भनाइ छ । चार छोराछोरीका साथमा यी दम्पत्तिले आफ्ना धेरै दुःख–सुखका पलहरू बिताएका छन् । उनीहरूका सधैं सङ्घर्षका मात्र दिन बितेनन् । कहिले काहीं उनीहरू रमाइलो गर्ने, चलचित्र हेर्न जाने पनि गर्थे । तर, दुवै जना सँगसँगै घुम्न भने गएका छैनन् । उनीहरू भन्छन्, ‘हामी सँगसँगै घुम्न गएका छैनौं अब घुम्न जाने सोचमा छौं ।’
उनीहरूका अनुसार जीवनसाथी भनेको सुख–दुःख व्यक्त गर्ने, समस्यामा सधैं साथ दिने र एकअर्काेको भावना बिसाउने चौतारी हो । जीवन पद्धतिकै एउटा हागो हो जीवनसाथी । जीवनसाथी जीवनलाई एउटा मार्गदर्शन गर्ने बन्धन हो । यो सम्बन्धले हरेकको जीवनमा निकै महŒवपूर्ण भूमिका पनि खेलेको हुन्छ । उनीहरू भन्छन्, ‘विवाह र प्रेम एक अर्काेको परिपूरक हुन् ।’ प्रेमसहितको विवाहले जीवनमा पूर्णता पाउने उनीहरूको भनाइ छ । प्रेम विनाको विवाहको कुनै अर्थ नै रहँदैन । उनीहरू नयाँ पिंढीलाई विवाह गर्दा पहिला एकअर्काेको भावना बुझेर र एकअर्काप्रतिको विश्वास कायम राखेर मात्र विवाह गर्न जरुरी छ । विवाह गर्दा एकअर्काेको योग्यता बुझेर, एकले अर्काेलाई सम्मान गर्न जानेमा मात्र त्यस्तो सम्बन्धले दिगोपना पाउन सक्छ ।
(प्रस्तुतीः गीता थापा
साझा बिसौनी संवाददाता ।