स्वास्थ्य शिविर सम्पन्न

उच्च रक्तचाप र मधुमेह जाँच तथा उपचार शिविर मंगलवार वीरेन्द्रनगर–४ कुमाइचोकमा सम्पन्न गरिएको छ । लायन्स क्लब अफ भैरबस्थान सुर्खेतले लायन्स अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको १४२औं जन्मजयन्तीको अवसरमा शिविर आयोजना गरेको हो ।

एक दिने शिविरमा एक सय १२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लायन्स टियू ब्लड बैंकका संयोजक टिकाराम चपाईंले क्लब सधैं सामाजिक कार्यमा सक्रिय हुने बताए । क्लबका अध्यक्ष मितेन्द्रनाथ योगीको अध्यक्षतामा भएको कार्यक्रममा वीरेन्द्रनगर–४ का वडा प्रतिनिधि शेरबहादुर केसी, क्लबका जोन चियर पर्सन विनु सि भाष्कर, पूर्व अध्यक्षद्वय प्रदिप पन्त, यामराज गिरी लगायतको सहभागिता रहेको थियो । शिविरका लागि सुपथ मेडिकल हलले सहयोग गरेको थियो ।

प्रकाशित मितिः   २९ पुष २०७७, बुधबार ०९:३६