मन्त्रीलाई कोरोना संक्रमण

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । मन्त्री रावललाई सोमवार कोरोना पुष्टि भएको हो । उनलाई उपचारको लागि काठमाडौं लगिएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाले विज्ञप्ती जारी गरी मन्त्री रावललाई थप उपचारका लागि काठमाडौं लगिएको जनाएको छ ।

उनीसँगै प्रदेशमा सोमवार नौ जनामा कोरोना पुष्टि भएको छ । सुर्खेतका चार, जाजरकोटका दुई, सल्यान, दैलेख र कालीकोटका एक ÷एक जनाका कोरोना देखिएको हो । योसहित कर्णालीमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या सात हजार चार सय ३५ पुगेको छ । सोमवार नै थप २८ जना कोरोना संक्रमणमुक्त भएका छन् । महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशभर कोरोनाका सक्रिय संक्रमित एक सय ३० जना रहेका छन् । कोरोना संक्रमणका कारण हालसम्म प्रदेशमा २८ जनाको ज्यान गएको छ ।

प्रकाशित मितिः   २८ पुष २०७७, मंगलवार ०८:५८