सिद्धार्थ सञ्चारमा राना

सिद्धार्थ सञ्चार सहकारी संस्था सुर्खेतको अध्यक्षमा पुनः दिपबहादुर राना चयन भएका छन् । संस्थाको १३औं वार्षिक साधारणसभाले रानाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

समितिको उपाध्यक्षमा विमला थापा, सचिवमा ललितबहादुर गाहा र कोषाध्यक्षमा सन्तबहादुर सारु चयन भएका छन् । सदस्यहरूमा पूर्णबहादुर रोका, गोपालबहादुर थापा, हिमाल सोमै, कविराम मगर, तारा रास्कोटी, सोमती बरामु गुरूङ्ग र डिलकुमारी खाम्चा रहेका छन् । यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा भक्तबहादुर थापा तथा सदस्यहरूमा शेरबहादुर बुढा र पुष्पा विर्कट्टा मगर चयन भएका छन् ।

प्रकाशित मितिः   २८ पुष २०७७, मंगलवार ०८:५६