लेकवेशीमा न्यायिक संवाद
लेकवेशी नगरपालिकामा न्यायिक संवाद कार्यक्रम सम्पन्न भएको छ । नगरको वडा नम्बर–६ मा सरोकारवालाबीच भएको संवादमा अदालतबाट प्राप्त हुने सेवा–सुविधा र अदालती प्रक्रियाबारे छलफल भएको हो । कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यले अदालतले निष्पक्ष सेवा दिने भन्दै बिचौलियाबाट बचेर काम गर्न सुझाए । समुदायमा कानुनी सचेतना फैलाउन यस्ता कार्यक्रमको महŒवपूर्ण योगदान हुने उनले बताए । न्यायाधीश आचार्यले उक्त नगरपालिकाको न्यायिक समितिले सम्पादन गरेका न्यायिक निरूपणका काम कारबाहीको निरीक्षण समेत गरे ।
न्यायिक समितिका संयोजक एवम् नगर उपप्रमुख शान्तिकुमारी छन्तेलले कानुनी प्रक्रिया नबुझेर न्यायलयसम्म पुग्न नसकेका नागरिकका लागि न्यायिक समितिले बाटो देखाउने काम गरेको बताइन् । उनले न्यायिक समितिले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने उजुरी र मुद्दाहरूको समाधान गर्दै आएको जनाइन् । यस्ता संवादले समुदायमा सचेतनाको काम गर्ने उनको भनाइ थियो । न्यायिक संवादमा नगर प्रमुख गंगनसिह सुनारलगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार यमप्रसाद बासकोटा र नायब सुब्बा सागर बोहोराले गरेका हुन् ।
प्रकाशित मितिः २५ पुष २०७७, शनिबार ०९:४६
साझा बिसौनी ।