अध्यक्षमा सापकोटा

निजामती कर्मचारी युनियन बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः मेघनाथ सापकोटा चयन भएका छन् । सहकारीको शुक्रवार सम्पन्न ११औं साधारणसभाबाट आगामी चार वर्षका लागि सापकोटा अध्यक्षमा चयन भएका हुन् ।

यस्तै, सहकारीको उपाध्यक्षमा पदमबहादुर केसी, सचिवमा चर्तुभुज गौतम र कोषाध्यक्षमा खगेन्द्रप्रसाद भट्टराई चयन भएका छन् । सदस्यहरूमा रंगवीर रोकाय, माया चौधरी, यामबहादुर राना, तुलाराम चौधरी, बेलमता बस्नेत, ईश्वरीप्रसाद रेग्मी, तपबहादुर बुढा चयन भएका छन् । सहकारीको लेखा सुपरीवेक्षण समिति पनि गठन गरिएको छ । ओमप्रसाद चपाईको संयोजक रहेको समितिमा नरबहादुर थापा र दीर्घराज पोखरेल सदस्य छन् ।

प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयका सहकारी अधिकृत खेमराज आचार्यको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय सल्लाहकार विष्णुदत्त रेग्मी, केन्द्रीय सदस्य हरिबहादुर क्षेत्री, गणेश थापा, आधिकारिक ट्रेड युनियनका केन्द्रीय सदस्य सुशील केसी, प्रदेश समितिका उपाध्यक्ष डिकेन्द्र ढकाल, प्रदेश समितिका सचिव काशीराम भटराई, जिल्ला कार्यसमिति अध्यक्ष राजेशकुमार बुढालगायतले बोलेका थिए । साधारणसभाले आर्थिक वर्ष २०७६÷०७७ को २५ लाख ८९ हजार दुई सय ९० र आव २०७७–०७८ को संशोधित अनुमानित आय–व्यय ४८ लाख ५१ हजार एक सय ६९ को आर्थिक प्रतिवेदन पारित गरेको छ ।

प्रकाशित मितिः   २५ पुष २०७७, शनिबार ०९:४७