कर्णालीमा लगानी सम्मेलन हुने

कर्णाली प्रदेशमा लगानी सम्मेलन गरिने भएको छ । प्रदेश योजना आयोगले लगानी सम्मेलन आयोजनाका लागि तयारी थालेको हो । आयोगले आगामी वैशाखमा लगानी सम्मेलन गरिने बताएको छ ।

आयोगका उपाध्यक्ष डा. सर्वराज खड्काले कर्णालीमा लगानीमैत्री वातावरण सिर्जना गर्न र विकास साझेदार संस्थाको आकर्षण बढाउन सम्मेलनको आयोजना गर्न लागिएको बताए । उनका अनुसार आयोगले हाल परियोजना बैंकको काम गरिरहेको छ । परियोजना बैंकको काम सकिए लगत्तै सम्मेलन आयोजना हुने बताइएको छ । ‘कर्णालीमा विकास साझेदारहरूलाई आकर्षण गर्न तथा प्रदेशको समग्र क्षेत्रको समृद्धिको आधार तय गर्न सम्मेलनको आयोजना गर्न लागेका हौं,’ आयोगका उपाध्यक्ष खड्काले भने, ‘सम्मेलन पश्चात् ठूलो लगानी जुटाउने अपेक्षासहित तयारी थालिएको छ ।’

लगानी सम्मेलन तयारीका लागि आयोगका सदस्यद्वय डा. दिपेन्द्र रोकाय र योगेन्द्रबहादुर शाहीलाई संयोजनको जिम्मेवारी तोकिएको छ । सदस्य रोकायले लगानी सम्मेलनमार्फत निजी तथा वैदेशिक र गैर–आवासीय नेपालीहरूबाट पनि लगानी भिœयाउने उद्देश्य लिइएको बताए ।

यस्तै कर्णाली प्रदेश विकास परिषद्को बैठक आगामी चैतमा बस्ने भएको छ । उक्त बैठकमा स्थानीय तहको आवधिक योजना निमार्णको सहजीकरण, प्रदेश महŒवका आयोजनाहरूको अध्यावधिक गर्ने र लगानी सम्मेलनको बारेमा छलफल गरिने सदस्य रोकायले जानकारी दिए ।

प्रकाशित मितिः   २५ पुष २०७७, शनिबार ०९:४४