१०औं वार्षिक साधारणसभा
सुर्खेत: बराहताल गाउँपालिका वडा नं. ५ मा रहेको महिला साना किसान कृषि सहकारी संस्थाको १०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीवार संस्थाका अध्यक्ष खगीसरा अधिकारी र गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा वार्षिक सभा गरिएको हो ।
संस्थाले आर्थिक वर्ष २०७७/८८ का लागि १९ करोड ३३ लाख ३१ हजार बराबर बजेट ल्याएको छ । संस्थाले अघिल्लो आर्थिक वर्षमा १० करोड ६४ लाख ४४ हजार बराबरको कारोबार गरेको संस्थाका अध्यक्ष अधिकारीले बताइन् । सहकारीले कृषि क्षेत्रमा जोड दिने खालका कार्यक्रम सञ्चालन गर्दै आएको छ । आगामी दिनमा महिलाहरूलाई कृषिमार्फत आय–आर्जनमा जोड्ने र किसानलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराउने गरी कार्यक्रम ल्याइएको जनाइएको छ ।
गाउँपालिकाका अध्यक्ष बस्नेतले महिलाहरूलाई आर्थिक रूपमा सक्षम गराउन सहकारीले सीपमूलक र उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने सुझाए । गाउँपालिकाले पनि कृषिलाई प्राथमिकता दिएकाले सहकारीसँग समन्वय र सहकार्य गरिने अध्यक्ष बस्नेतले बताए । सहकारीमा महिलाहरूको सहभागितामा पनि जोड दिनुपर्ने उनको भनाइ थियो ।
वार्षिक साधारणसभामा बराहताल गाउँपालिका वडा नं. ७ का अध्यक्ष कुलबहादुर बुचा, वडा नं. ५ का अध्यक्ष तिलक मस्र्याङ्गी, जनज्योति मावि बड्डिचौरका प्रधानाध्यापक नारायण सिग्देल, साना किसान सहकारी संस्था उत्तरगंगाका प्रबन्धक चित्रप्रसाद रेग्मीलगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मितिः १७ पुष २०७७, शुक्रबार ०६:००
साझा बिसौनी ।