अर्गानिक उत्पादनका लागि अभिमुखीकरण
कृषि क्षेत्रमा अर्गानिक उत्पादन बढाउन सरोकारवालालाई अभिमुखीकरण गरिएको छ । राष्ट्रिय खाद्य बैंक लिमिटेडले बुधवार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी अभिमुखीकरण गरेको हो । बैंकका अध्यक्ष शंकरनाथ उपे्रतीले कर्णाली प्रदेश आफैमा अर्गानिक प्रदेश भएकाले कृषि तथा खाद्य वस्तुसम्बन्धी सरोकारवालासँग छलफल गरिएको बताए ।
कृषिजन्य उत्पादनमा आवश्यक पर्ने औजार तथा बीउ, विजनहरू बैंकले सहजै कृषक सामु पुर्याउने र उत्पादन गरिएका अर्गानिक खाद्य तथा नगदेबालीलाई बजारीकरण गर्न बैंकको स्थापना गरिएको उनले जनाए । ‘हामीले आम कृषकको समस्यालाई मध्यनजर गर्दै यसरी काम गरेका हौं,’ उनले भने, ‘अर्गानिक खाद्य उत्पादनमा सहयोग गर्न खाद्य बैंक तपाईंको घरदैलोमा नै आएको छ ।’
खाद्यान्न, दलहन, तरकारी, दुधजन्य, माछा/मासुजन्य पदार्थ, रैथाने बाली तथा मसला, जडिबुटी लगायतका वस्तुको उत्पादनमा प्रोत्साहन गरी कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्य रहेको अध्यक्ष उप्रेतीले बताए ।
प्रकाशित मितिः १५ पुष २०७७, बुधबार २०:३२
साझा बिसौनी ।