कर्मचारी संगठनको अध्यक्षमा खत्री

नेकपा एमाले निकट नेपाल निजामति कर्मचारी संगठन सुर्खेतको अध्यक्षमा लालबहादुर खत्री निर्वाचित भएका छन् । संगठनको दशौं अधिवेशनले खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

जसको उपाध्यक्षमा राजेश आचार्य, महिला उपाध्यक्षमा हिराकुमारी पौडेल, सचिवमा हेमन्त चुनारा, सहसचिवमा नरेशकुमार तिवारी र कोषाध्यक्षमा रामप्रकाश सापकोटा निर्वाचित भएका छन् ।

सदस्यमा भवानीप्रसाद पौडेल, भिमनारायण खराल, चन्द्रबहादुर रावल, कमलकुमार दर्लामी, जगत सुवेदी, पदमबहादुर बुढाक्षेत्री र गुप्तीप्रसाद गौली चयन भएका छन् । त्यसैगरी लोकप्रसाद देवकोटा उर्मिला काफ्ले, सिता विसी, मुनिसरा थापा, गंगा नेपाली, बुद्धबहादुर सोमै, मनराज सुनार र उमेश चौधरी पनि सदस्यतमा चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिले आज नै सपथग्रहण समेत गरेको छ ।