साझा मञ्चको अन्तरक्रिया

कर्णालीको समृद्धि र भावी रणनीति विषयक अन्तरक्रिया सम्पन्न भएको छ । साझा मञ्च कर्णाली प्रदेशको आयोजनामा प्रदेशका दलित अधिकारकर्मी, दलित कर्मचारी र सञ्चारकर्मीका बीच अन्तरक्रिया भएको हो । ‘मानव अधिकार तथा सामाजिक न्यायका लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ शनिवार वीरेन्द्रनगरमा अन्तरक्रिया आयोजना गरिएको थियो ।

दलितमैत्री ऐन, नियम, कानुनको निर्माण र कार्यान्वयन गर्ने विषयमा छलफल गरिएको साझा मञ्च कर्णाली प्रदेशका अध्यक्ष बसन्त विश्वकर्माले बताए । ‘समाजमा भएका विकृति बिसङ्गतिविरुद्ध साझा अभियान सञ्चालन गर्नु जरुरी छ,’ उनले भने, ‘यसका लागि समिति नै गठन गरी अगाडि बढ्ने सोचमा छौं ।’ उनले दलित समुदायबाट निजामती सेवामा प्रतिनिधित्व गर्ने कर्मचारीहरूको छाता संगठन स्थापना गर्ने, समतामूलक समाज निर्माणमा टेवा पु¥याउने, जातीय विभेद तथा असमानताकाविरुद्ध एकजुट हुने लगायतका विषयमा छलफल भएको जनाए । कार्यक्रममा दलितभित्रका विभिन्न सरोकारका विषयमा मञ्चका प्रदेश महासचिव राजेश सोनीले प्रस्तुतिकरण राखेका थिए ।

यस्तै, कर्णालीमा दलित समुदायबाट निजामती कर्मचारीमा कार्यरतहरूको छाता संगठन राष्ट्रिय दलित कर्मचारी समाज नेपाल गठन गर्ने विषयमा जमानसिंह परियारको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति समेत गठन गरिएको छ । जसको सदस्यमा शर्मिला विक, हिक्मत सुनार, देवबहादुर सुनार, खड्क सुनार, मदन नेपाली, कमल सुनार रहेका छन् ।

प्रकाशित मितिः   १२ पुष २०७७, आईतवार ०६:००