तीन वटा सहकारी मर्ज हुँदै

लेकवेशी नगरपालिकामा सञ्चालित तीन वटा सहकारी एकीकृत हुने भएका छन् । नगरको वडा नम्बर–४ दशरथपुरमा सञ्चालित एकै प्रकृतिका सहकारी मर्ज गर्न लागिएको हो ।

जनउत्थान बचत तथा ऋण सहकारी संस्था, शक्ति महिला विकास बचत तथा ऋण सहकारी संस्था र नवउद्यमशील बचत तथा ऋण सहकारी संस्था एकीकृत हुने भएका हुन् । गत कार्तिक १७ गते सञ्चालक समितिहरूको सामुहिक बैठक समेत गरिएको थियो । एक जना सदस्यको एकै प्रकृतिका धेरै सहकारीमा दोहोरो सदस्यता हुने गरेको भन्दै एकीकरण अभियान थालिएको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक भुवनकुमार ज्ञवालीले बताए ।

सहकारी ऐन २०७७ अनुसार एक जना सदस्य एकै प्रकृतिको एकभन्दा बढी सहकारीमा बस्न नमिल्ने भएकाले त्यसको अन्त्यका लागि मर्ज अभियान थालिएको जनाइएको छ । व्यवस्थापक ज्ञवालीका अनुसार सहकारीहरूको एकीकरण अवधी २०७७ पुस ११ गतेदेखि १८ गतेसम्म तोकिएको छ । एकीकृत पछि सहकारीको नाम नवजनशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहने प्रस्ताव गरिएको छ ।

प्रकाशित मितिः   १२ पुष २०७७, आईतवार ०६:००