प्रहरीको निगरानीमा बुलेट बाइक
साइलेन्सर बिगारेर ठूलो आवाज दिने बनाइएका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ । प्रहरीले ती मोटरसाइकलका साइलेन्सर झिकेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडकमा ठूलो आवाज निकालेर गुड्ने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो । सुर्खेतमा ३५ वटा मोटरसाइकलका साइलेन्सर तानेको प्रहरीले जनाएको छ ।
सवारी व्यवस्थापन तथा ध्वनी प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले बुलेट मोटरसाइकलका साइलेन्सर तानेको हो । प्रहरीका अनुसार सवारी चालकले अधिकांश बुलेट बाइकका साइलेन्सर बिगारेर आवाज ठूलो आउने गराइएको पाइएको छ । सडकमा हिँड्ने यात्रुलाई समेत त्रसित बनाएर ठूलो आवाज निकाल्ने बुलेट मोटरसाइकलका साइलेन्सर झिकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख ‐प्रहरी निरीक्षक) उपेन्द्रप्रसाद आचार्यले बताए । ध्वनी प्रदूषण नियन्त्रण गर्न एक महिने अभियान नै सञ्चालन गरिएको उनले जनाए । ‘नयाँ मोटरसाइकल खरिद गर्दा हुने वास्तविक ध्वनीलाई मोडिफाइ गरेर ध्वनी बढाइएको पाएपछि कारबाहीका लागि साइलेन्सर तानेका हौं,’ आचार्यले भने, ‘सम्बन्धी सवारी धनीले वीरेन्द्रनगर बजार क्षेत्रमा साइलेन्सर मोडिफाइ नगर्ने प्रतिबद्धता जनाएपछि मात्रै कारबाही गरेर छाडिनेछ ।
प्रकाशित मितिः ८ पुष २०७७, बुधबार ०८:४२
साझा बिसौनी ।