ओलीको पक्षमा प्रदर्शन
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार प्रतिनिधिसभा विघटन गरेसँगै देशभर समर्थन र विरोध भइरहेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‐नेकपा)को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन गरेको छ । गलत मान्छेको हातमा देश बुझाउनुभन्दा जनतालाई देश बुझाएको भन्दै विद्यार्थीहरूले ओलीको पक्षमा प्रदर्शन गरेका हुन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारमा विद्यार्थीले ¥यालीसहित प्रदर्शन गरेका छन् । स्थानीय मंगलगढीचोकबाट सुरू गरिएको ¥याली बजार परिक्रमा गरी वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोन्धन गर्दै युवा संघका केन्द्रीय सदस्य गणेशमान खनालले गलत व्यक्तिको हातमा देश सुम्पिनुभन्दा प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर राम्रो निर्णय गरेको जिकिर गरे । उनले जनताको हितका लागि संसद् विघटन गरेकोमा ओलीलाई धन्यवाद दिए । सभामा अनेरास्ववियूका केन्द्रीय सदस्य नविन योगीले राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ता बचाउन लिएको कदम सकारात्मक भएको बताए ।
संसद् विघटन नगरेको भए मुलुकको राष्ट्रियता भारतलाई बुझाउनु पर्ने अवस्थाबाट ओलीले जोगाएको योगीको भनाइ थियो । सभामा अनेरास्ववियू सुर्खेतका अध्यक्ष धुपेन्द्र शाही, केन्द्रीय कमिटी सदस्य प्रेम खड्कालगायतले आ–आफ्नो धारणा राखेका थिए ।
प्रकाशित मितिः ८ पुष २०७७, बुधबार ०८:३९
साझा बिसौनी ।