सकियो फोटो तथा भिडियो प्रदर्शनी
काठमाडौं ५ मंसिर । मनघरी फाउन्डेशन र घुमफिर नेपालद्वारा नेपाल पर्यटन बोर्ड काठमाडौमा आयोजित मध्यपश्चिम फोटो प्रर्दशनी र वाईल्ड वेष्ट भिडियो प्रर्दशनी सकिएको छ ।
बोर्डले हरेक महिना आयोजना गर्दै आएको फोटो नेपाल कार्यक्रम अन्तर्गत यो महिना फोटो पत्रकार भरतबन्धु थापाले कैद गरेका तस्बिर प्रदर्शनीमा राखिएको थियो । गत बिहीबारदेखि ४ दिनसम्म चलेको प्रर्दशनीको अन्तिम दिनसम्ममा २ हजार ५ सय जनाले अवलोकन गरेको फाउन्डेशनका संरक्षक प्रेम बहादुर थापाले बताए।
मध्य तथा सुदूरपश्मिका पर्यटकीय गन्तव्यलाई तस्बिर तथा भिडियोबाट प्रचार प्रसार तथा प्रर्वद्धन गर्ने उद्देश्यले प्रर्दशनी आयोनजा गरिएको पत्रकार थापाले बताए ।
प्रर्दशनी अवोलक गर्दै रक्षामन्त्री बालकृष्ण खाँडले भने, ‘मध्यपश्चिम पर्यटकीय हिसावले खानी नै रहेछ । यस्लाई प्रर्वद्धन गर्न आफ्नो तर्फबाट सक्दो सहयोग हुनेछ ।’
उनले केही दिन भित्रै पर्यटन मन्त्री सहित आफू पनि रारामा जान लागेको जानकारी दिए ।
त्यस्तै एमाले नेता प्रदीप ज्ञवालीले भने, ‘मध्यपश्चिमका केही जिल्ला गएको छु तर यति धेरै सुन्दर रहेछ । अब फेरि पनि समय मिलाएर त्यता जाँदा केही क्षेत्र घुमेरै आउँछु ।’
उनले चाँडै नै हुम्लाको हिल्सा जाने योजनामा रहेको बताए ।
तस्बिरमा मध्यपश्चिका १५ वटै जिल्लाका प्रमुख पर्यटकीय स्थलहरुको ५० वटा तस्बिरहरु प्रर्दशनीमा राखिएको थियो । आन्तरिक पर्यटकहरुको रोजाईमा परेको रारा, जुम्ला, दैलेख, बर्दिया, खप्तड, बडिमालिका, स्वर्गद्धरी लगायतका तस्बिर तथा भिडीयो प्रर्दशनीमा राखिएको फोटो पत्रकार भरतबन्धु थापाले बताए ।
प्रकाशित मितिः ५ मंसिर २०७३, आईतवार १९:३४
साझा बिसौनी ।