अटो मोबाइल्स एशोसिएसनमा भण्डारी

कर्णाली प्रदेश अटो मोबाइल्स एशोसिएसन अफ नेपालको तदर्थ समिति गठन गरिएको छ । जसको अध्यक्षमा भद्र भण्डारी चयन भएका छन् । वीरेन्द्रनगरमा आइतवार सम्पन्न भेलाले सुर्खेत उद्योग वाणिज्य संघका कोषाध्यक्ष भण्डारीलाई अध्यक्षमा सर्वसम्मत् चयन गरेको हो । एशोसिएसनको उपाध्यक्षमा सैयद अन्वर अली चयन भएका छन् ।

त्यस्तै, दुई पाङ्ग्रे बिक्री वितरणका तर्फबाट उपाध्यक्ष गोविन्द पौडेल र विभिन्न गाडी मोटरसाइकलहरूका पार्ट्स बिक्री वितरणका तर्फबाट उपाध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन् ।

यस्तै, प्रदेश अटो मोवाइल्स एशोसिएसनको महासचिवमा प्रकाश शाही, सचिव इन्द्रबहादुर खड्का र कोषाध्यक्षमा सुशील रेग्मीलाई चयन गरिएको छ । भेलाले सदस्यहरूमा राजु शर्मा र यामलाल आचार्यलाई चयन गरेको छ । आइतवारको भेलाले पुस मसान्तभित्र संस्था आधिकारीक रूपमा दर्ता गर्ने, संस्थाको विधान तयार गर्ने लगायतका निर्णय गरेको तदर्थ समितिका अध्यक्ष भण्डारीले जानकारी दिए ।

प्रकाशित मितिः   ६ पुष २०७७, सोमबार ०९:२२