४० जनालाई सीपमूलक तालिम

नेपाल ट्रेड युनियन कांग्रेस सुर्खेतले मोटरसाइकल तथा अटोरिक्सा मर्मत सम्बन्धी तालिम सञ्चालन गरेको छ । युवाहरूलाई स्वरोजगार एवम् आत्मनिर्भर बनाई जीवनस्तर उकास्ने उद्देश्यले शनिवारदेखि तालिमको आयोजना गरिएको हो ।

जापानीज इन्टरनेशनल लेबर फाउण्डेशन (जिलाफ) को सपोर्टिङ्ग ग्रासरुट एक्टिभीटी कार्यक्रम अन्तर्गत सुरू भएको तालिममा ४० जनाको सहभागिता छ । तालिमको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले वीरेन्द्रनगरबाट र जिलाफका उपमहासचिव तोषी साइतोले संयुक्त रूपमा गरेका हुन् । साइतोले जानबाट भर्चूअल माध्यममार्फत उद्घाटनमा सहभागिता जनाएका थिए ।

पूर्व गरिबी निवारण मन्त्रीसमेत रहेका नेता थानीले निरपेक्ष गरिबीको रेखामुनी रहेका अति विपन्न परिवारलाई आय–आर्जनका लागि सीप नसिकाउँदासम्म गरिबी निवारण नहुने बताए । कर्णाली प्रदेश अन्य प्रदेशको तुलनामा आर्थिक हिसाबले गरीब र कमजोर रहेको औंल्याउँदै नेता थानीले कर्णालीको गरिबी निवारणका लागि प्रत्येक घरका कम्तीमा एक जना सदस्यलाई सीप सिकाउन आवश्यक रहेको जनाए । ‘सीपले मात्रै व्यक्तिलाई आत्मनिर्भर एवम् स्वावलम्बी बनाउन सकिन्छ,’ उनले भने । न्यूनतम आधारभूत आवश्यकता समेत पाउनबाट वञ्चित कर्णालीका नागरिकलाई स्वरोजगार वा आर्थिक उपार्जनका काममा लगाउन सीपमूलक तालिमको आवश्यकता रहेको थानीको भनाइ थियो ।

यस्तै, जिलाफका उपमहासचिव साइतोले कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभरी नै रोजगारी र आम्दानी गुमाउनुपर्ने अवस्था आइरहेका बेला सीपमूलक तालिमबाट आत्मनिर्भर हुन मद्दत पुग्ने विश्वास व्यक्त गरे । कोभिडको महामारीमा आपूm र आप्mनो परिवारको स्वास्थ्यका साथै आर्थिक आम्दानीका विषयमा पनि उत्तिकै चिन्तित र जिम्मेमवार हुनुपर्ने साइतोले बताए । ट्रेड युनियनका जिल्ला अध्यक्ष गणेशकुमार कार्कीका अनुसार जिलाफको साग्रा कार्यक्रम अन्तर्गत पहिलो पटक सीपमूलक तालिम आयोजना गरिएको हो । तालिम उद्घाटन सत्रमा टे«ड युनियनका केन्द्रीय महासचिव योगेन्द्र कुँवर, उपमहासचिव गणेश केसी, केन्द्रीय सदस्य जयबहादुर बुढा, प्रदेश अध्यक्ष गोपालकृष्ण गिरीलगायतले भनाइ राखेका थिए ।

प्रकाशित मितिः   ५ पुष २०७७, आईतवार ०८:२२