१२ जना संक्रमित थपिए

कर्णाली प्रदेशमा मंगलवार थप १२ जनामा कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार एक सय ३३ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् ।

सुर्खेतका आठ, रुकुम–पश्चिमका दुई, दैलेख र कालीकोटका एक÷एक जनामा संक्रमण देखिएको महाशाखाले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार एक सय २५ पुगेको छ । संक्रमितमध्ये ६ हजार ६ सय ७५ जना निको भएका छन् ।

मंगलवार प्रदेशमा १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण २२ जनाको मृत्यु भएको छ । सुर्खेतका १२, दैलेखका पाँच, डोल्पा, कालीकोट र रुकुम–पश्चिमका एक/एक र अन्य प्रदेशका दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । हालसम्म ९४ हजार पाँच सय १५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

यसैबीच, नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ५० हजार नाघेको छ । मंगलवार थप नौ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । योसहित कोरोना संक्रमितको संख्या दुई लाख ५० हजार एक सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये दुई लाख ३८ हजार पाँच सय ६९ जना निको भएका छन् । कोरोना पुष्टि भएका एक हजार सात सय ३० जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   १ पुष २०७७, बुधबार ११:२०