मालपोतको सेवा विस्तार गरिने

मालपोत कार्यालय सुर्खेतले सेवालाई सहजता गराउनका लागि सरोकारवालासँग छलफल गरेको छ । मालपोतका सेवाग्राहीको अत्यधिक भीड भएको र सेवामा असहजता भएपछि सेवामा सहजता ल्याउन सरोकारवाला निकायसँग छलफल गरिएको हो । बुधवार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षता बसेको बैठकले सहज र छिटो छरितो सेवा प्रवाह गर्न भौतिक संरचना र सेवा दिने वातावरण मिलाउने विषयमा छलफल गरेको छ ।

मालपोत कार्यालयका प्रमुुख लक्ष्मी खत्रीले जनशक्ति र भौतिक संरचनाको कमीले सेवा प्रवाहमा कठिनाइ भइरहेको बताइन् । उक्त छलफलमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको तालिम केन्द्रको भवन उपलब्ध गराउने विषयमा छलफल भएको जानकारी दिइन् । भवन उपलब्ध भएपछि अर्को रजिष्टेशन फाँट स्थापना गरी सेवा दिइने उनले जनाइन् ।

प्रकाशित मितिः   २५ मंसिर २०७७, बिहीबार ११:३३