मुस्लिम संजाल गठन

muslim

सुर्खेतमा जिल्ला स्तरीय मुस्लिम संजाल गठन गरिएको छ । वीरेन्द्रनगर- १६, बेलघारी पिपिरामा रहेको नेपाली सुन्नी मस्जिद गुल्सने मदिना अध्यन केन्द्रको अध्यक्ष मोहम्मद हजरत बक्सको अध्यक्षता तथा जिल्ला बिकास समितिका कार्यक्रम अधिकृत टङ्क लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले समिती गठन गरेको हो ।

सौकत अलि मियाको अध्यक्षतामा १५ सदस्यीय समिति सर्बसम्मत चयन गरिएको छ । जसको उपाध्यक्षमा फजिर बक्स, सचिवमा सज्जत खान, सहसचिवमा अकबर खान र कोषाध्यक्षमा अनुवर अलि चयन भएका छन् ।

सदस्यहरुमा अब्दुल गफुर, हनिफ मिया, नुर आलम, मो हजरत बक्स, सज्जन शाहा, नसिरिन सिद्दिकी, रहिस अहमद, अयुप खान, रफितुन खान, र सल्मा बिबि चयन हुनुभएको छ । त्यस्तै भेलाले ६ सदस्यीय सल्लाहकार समिती पनि गठन गरेको छ, जस्मा अहमद रज्जा, मोहम्मद नहिम, अहिमत बकस, सत्तार बक्स, सफिउल्ला अलि र हबिब हुसेन रहेका छन ।

संजालले जिल्लामा हुने योजना तर्जुमा, बिकास निर्माण कार्य, समग्र मुस्लिमको हित, कब्रस्थान (च्यान घाट ), मस्जिद, मदर्सा शिक्षा तथा मुस्लिम समुदायमा भएका बिक्रीती बिसङ्ग्ती लाई निरुत्साहित गर्ने, लागुऔषध, जुवातास नियन्त्रण गर्ने, तलाक, बहुबिवाहा, बालविवाह रोक्ने, शिक्षा बाट बन्चित भएका बालबालिकालाई शिक्षाको मुलधारमा ल्याउने लगाएत समाज सुधारका काम गरिने नवनिर्वाचित अध्यक्ष सौकत अलि मियाले बताए । नवनिर्वाचित समितिलाई प्रमुख अतिथि जिल्ला बिकास समितिका कार्यक्रम अधिकृत लामिछानेले जिबिस बाट हुने काममा सधै साथ र सहयोग रहने भन्दै सफलताको शुभकामना दिएको सञ्जालका सहसचिव अकबर खानले जानकारी दिए ।