‘देख्ने बित्तिकै मनपर्यो’
पिता मनिराम पौडेल र माता बेलमती पौडेलको कोखबाट २०१८ सालमा साटाखानी गाविस वडा नं. ३ मा जन्मिएका पूर्ण पौडेलको बाल्यकाल सुखदसँग नै बित्यो । गाउँमा भएकाले बाल्यकाल उनको प्रायः पढेर, बाख्रा, गाई चराएर गयो । उनी भन्छन्, ‘गाउँमा त्यति बेला पढाइ सँगसँगै गाई बाख्रा चराएर, साथीहरूसँग खेलेर नै बाल्यकाल बित्यो ।’ उनी बाल्यकालमा अलि बढी चकचक गर्ने अनि चञ्चले स्वभावका थिए । पौडेल अरु साथीहरू भन्दा अलि खरो स्वभावका थिए ।
उनले आफ्नो पढाइ कक्षा तीनसम्म मेहेलीको स्कुलमा पढको थिए । त्यसपछि उनले डाँडास्कुल, अमरज्योति स्कुलमा पनि पढे । उनले एसएलसी पास भने भैरव माविबाट गरेको थिए । बाल्यकालदेखि नै समाज सेवामा बढी लगाव राख्ने भएकाले पौडेलले समाजसेवाको बाटो राजनीतिलाई बनाए । उनी बहुदल आएपछि राजनीतिमा प्रवेश गरेका थिए । उनी नेकपा एमालेको नगरकमिटीको अध्यक्षको रूपमा काम गरिसकेका छन् । अहिले भने उनी नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका सदस्य छन् । साथै मध्यपश्चिम क्षेत्रीय अस्पताल विकास समितिको सदस्यको रूपमा पनि काम गरिरहेका छन् ।
पौडेल २५ वर्षका थिए । घरमा उनको विवाहको कुरा चल्न थाल्यो । उनको विवाहको कुरा चल्दा गाउँमा एक जना आफन्तले पौडेलको लागि एउटा केटी छ हेर्न जाने भनेपछि पौडेल पनि आफन्तको साथमा केटी हेर्न गए । पौडेललाई केटी देख्ने बित्तिकै मनप¥यो । उनी विवाहको लागि राजी भए । केटीको पक्षबाट पनि केटा राम्रो छ छोरी दिनुपर्छ भन्ने कुरा भयो । पौडेलले भने, ‘आफन्तको साथमा केटी हेर्न गएको केटी मन परेरै विवाहको लागि राजी भएँ ।’ पौडेलले हेर्न गएको केटी अरु कोही नभएर पवित्रा थिइन् ।
केटा विवाहको लागि राजी भएपछि केटीका माइतीले पनि विवाहको लागि हुन्छ भनिदिए । त्यतिबेला घरमा छोरी माग्न आएपछि छोरीचेलीले विवाह गर्छु वा गर्दिन भन्न पाइदैनथ्यो । हुन त पवित्रालाई पनि पौडेल मनपरेका थिए । तर, पनि पवित्राले राम्रो नराम्रो केही बोल्न पाइनन् ।
दुवै परिवारको सहमतिमा उनीहरूको २०४२ सालमा मागी विवाह भयो । विवाहपछि पवित्रालाई सुरु–सुरुमा घरमा सबैसँग घुलमिल हुन समय लाग्यो । एउटा छोरी माइतीमा सबैको माया ममतामा हुर्किएको मान्छे एक्कासी नयाँ परिवार, नयाँ नाता, नयाँ संस्कृति परम्परा इत्यादिमा आफूलाई समावेश गराउनु भनेको पवित्राको लागि मात्र होइन हरेक छोरीहरूको लागि चुनौती नै हो । बाबुआमाको ठाउँमा सासुससुरा, दिदी बहिनीको ठाउँमा नन्द अमाजु, दाइ–भाइको ठाउँमा जेठाजु, देवर इत्यादि नाता परिवर्तन गर्नुपर्ने हरेक छोरीहरूको बाध्यता नै हो । पवित्रा भन्छिन्, ‘छोरीलाई अर्काेको घरमा जानु र अर्काेको घरलाई आफ्नो बनाउनुपर्ने प्रकृतिले नै दिएको छ यसलाई सबै छोरीहरूले स्वीकानैपर्छ जुन मैले पनि स्वीकार गरे ।’
उनलाई घरमा रिझ्नको लागि धेरै समय त लागेन तर, पनि विवाहपछि छोरीको नाताबाट बुहारीको नातामा बाँधिनु पर्ने, माइतीमा जस्तो स्वतन्त्र रूपमा हिँड्न नपाइने हरेक काम गर्दा अरुको अनुमति लिनुपर्ने यस्ता चुनौती हरेक छोरीले भोग्नुपर्छ । त्यही चुनौतीभित्रको सुखीलाई चिनेर आफ्नो जीवनलाई नै त्यही पराइ घरमा अन्त्यसम्म रहनुपर्ने पवित्रालाई मात्र होइन हरेक छोरीहरूलाई पर्छ । चुनौतीभित्र पनि पवित्राले सुखीको बहार खोजिन् । र त एउटा सफल श्रीमती, बुहारी र एक छोरा, एक छोरीको सफल आमा बन्न सफल भइन् ।
पिता नारदमुनी उपाध्याय र माता तिलसरा उपाध्यायको कोखबाट २०२७ सालमा सहारेमा जन्मिएकी पवित्राको बाल्यकाल सखद्सँगै बिताइन् । बाल्यकालमा उनी पढाइसँग घरको काममा पनि सघाउने गर्थिन् । गाई बाख्रा चराउने र घरको काममा सघाउँदैमा उनको बाल्यकाल बित्यो । सहारे लक्ष्मी माविमा कक्षा ५ सम्म पढिन् । उनी बाल्यकालमा शान्त स्वभावकी थिइन् ।
विवाहपछि श्रीमान्को राम्रो साथ पाइन् पवित्राले । पौडेलले पवित्रालाई घरको सबै काममा सहयोग गर्छन् । घरभित्रको काम महिला र पुरुषले गर्ने हो भन्ने मानसिकताबाट टाढै रहेको बताउँछन् पौडेल । उनी भन्छन्, ‘काम भनेको जसले गरे पनि हुन्छ, काममा महिला र पुरुष भनेर छुट्याउनु हुँदैन ।’ पवित्रालाई घरको काममा फुसर्द भएसम्म पछि पर्दैनन् पौडेल । पवित्रा पनि सुखी हुन्छिन् आफूलाई श्रीमान्ले घरको काममा सघाउँदा । घरको सबै काम सकेर पवित्रा समाजसेवामा पनि लागेकी छिन् । उनी अहिले ११ नम्बर वडाको स्वयम्सेविका पनि छिन् ।
यो जोडी एकअर्काेको प्रशंसा गर्नपछि परेनन् । पौडेललाई पवित्राको आफू कतै काममा बाहिर जानुपर्ने अवस्थामा रोकतोक नलगाउने र विश्वास गर्ने बानी मनपर्छ । उनी भन्छन्, ‘म काममा बाहिर जाँदा कहिल्यै मलाई रोकिनन् विश्वास गर्छिन्, घरपरिवारको राम्रो रेखदेख गर्ने, अरुलाई सहयोग गर्ने बानी मनपर्ने गर्छ ।’ त्यस्तै पवित्रालाई पनि पौडेलको घरमा आवश्यक परेको चिज भन्ने बित्तिकै ल्याइ दिने र घरको काममा सहयोग गर्ने बानी मनपर्ने गर्छ । कहिले काहीं कुरा नबुझेरै झनक्क रिसाउने बानी भने पवित्रालाई अलि मन पर्दैन । सुधार गरिदिएको भइ हुन्थ्र्याे जस्तो लाग्न उनलाई । यो जोडीको झगडा भने अहिलेसम्म भएको छैन ।
एकअर्काेको समझदारीमा नै सम्बन्ध टिक्ने बताउँछन् यो जोडी । भन्छन्, ‘जबसम्म एकअर्काे बीचमा विश्वास हुँदैन, समझदारी हुँदैन र भरोसा अनि सहयोगको भावना हुँदैन तबसम्म सम्बन्धलाई दिगो पना दिन सकिदैंन ।’ सम्बन्ध टिकाउनलाई अनि जीवन्तसम्म साथ दिनको लागि पहिला एकअर्काेबीचमा विश्वास हुन जरुरी छ । एकअर्काे बीचमा कुरा शेयर हुन जरुरी छ । जब एकअर्काे बीचमा कुरा लुकाउन थालिन्छ तब सम्बन्धमा नै शंका उत्पन्न हुने र सम्बन्ध नै खतम हुने सम्भावना आउँछ । त्यसैले सम्बन्ध विश्वासमा अडिएको हुन्छ । विश्वास नै छैन भने त्यो सम्बन्ध केही पलको लागि मात्र हुन्छ । यो जोडी भन्छन्, ‘जीवनसाथी भनेको शरीरको आधा अङ्ग नै हो, जो
आफ्नो जीवन रहेसम्म मृत्युसम्म साथ दिने साथी हो ।’ जीवनको अन्त्यसम्म सँगसँगै यात्रा गर्ने सहयात्री हो जीवनसाथी । विवाहलाई खेलौनाको रूपमा नलिएर दुई परिवार बीचको सम्बन्ध स्थापित गराउने सम्बन्धको रूपमा लिनुपर्ने उनीहरू सुझाव दिन्छन् । विवाह दुई व्यक्ति बीचको सम्बन्ध मात्र नभइ दुई परिवार बीचको सुखी पनि पनि हो । विवाहले दुई व्यक्तिलाई मात्र होइन दुई परिवारको मिलनदेखि संस्कृति र हरेक कुरा मिल्न जरुरी छ । उनीहरू भन्छन्, ‘अहिलेका युवा युवतीहरूलाई मोबाइलको गलत प्रयोगले नबुझेरै विवाह गर्ने र केही समयमा नै सम्बन्ध विच्छेद गर्ने प्रविति बढेको छ ।’ विवाह जीवनको एउटा महŒवपूर्ण करा हो । विवाह गर्दा हतार गरेर पछि पछुताउनु भन्दा विवाह अघि नै राम्रोसँग सोच विचार गरेर मात्र विवाह गर्न युवाहरूलाई सुझाव दिन्छन् ।
जीवनको रथ एकअर्काे विना अधुरो र अपूरो हुने हुँदा जीवनको अन्त्यसम्म एकअर्काेलाई साथ दिनुपर्ने यो जोडी बताउँछन् । बैवाहिक सम्बन्धमा पछिल्लो समय टकरापहरू धेरैको आएको सुन्छौं हामी तर, यो जोडी भने समाजमा एकअर्काेको भावना, कदर र सम्मानका साथ बसेको उदाहरणीय जोडी बनेका छन् ।
साझा बिसौनी ।