विपन्न लक्षित कार्यक्रमको कार्यविधि बनेन
कर्णाली प्रदेश सरकारले सिमान्तकृत र विपन्न परिवारका लागि ल्याएको खाना, नाना र छाना कार्यक्रम कार्यान्वयन भएको छैन । मुख्यमन्त्री जीविकोपार्जन (खाना, नाना र छाना) कार्यक्रमको कार्यविधि नबन्दा कार्यान्वयन नभएको हो ।
उक्त कार्यक्रमका लागि सरकारले चालु आर्थिक वर्ष २०७७/०७८ मा २० करोड बजेट विनियोजन गरेको छ । तर, पहिलो चौमासिक बितिसक्दासमेत विपन्न नागरिकको जीविकोपार्जन र उद्यमशीलताका लागि ल्याइएको कार्यक्रमको कार्यविधि बनेको छैन । कर्णालीका प्रत्येक अतिविपन्न, गरीब घरपरिवारका सदस्यहरूलाई न्यूनतम आधारभूत खाद्यान्न तथा लत्ताकपडा र आवास निर्माणमार्फत कार्यान्वयन गर्ने गरी विनियोजन गरिएको रकम कार्यविधि नबनेका कारण कार्यान्वयनमा जान नसकेको हो ।
कार्यविधि नबन्दा बजेट कार्यान्वयनमा जान नसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत सर्बदल शाहीले बताए । उनका अनुसार पूर्वाधार विकाससँग सम्बन्धित योजनाहरू भौतिक पूर्वाधार विकास मन्त्रालय र अन्य योजनाहरू सम्बन्धित विषयगत मन्त्रालयबाट कार्यान्वयन हुने गरी बजेट शीर्षक विनियोजन गरिएको हो ।
प्रकाशित मितिः २१ मंसिर २०७७, आईतवार ०९:०२
साझा बिसौनी ।