नेतृत्व विकास तालिम

सहकारी नेतृत्व तथा व्यवस्थापन विकास तालिम सम्पन्न भएको छ । भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय कर्णाली प्रदेशको आयोजनामा सुर्खेतको रामघाटमा सञ्चालित तालिम शनिवार सम्पन्न भएको हो ।

तालिममा जिल्लाका विभिन्न सहकारी संस्थाका २५ जना सञ्चालक पदाधिकारी र कर्मचारीहरूको सहभागिता रहेको थियो । सहकारी संस्थाको व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने, सहकारीकर्मीको नेतृत्व क्षमता वृद्धि गर्ने र सहकारी व्यवस्थापनको आधारभूत जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

पाँच दिने तालिममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव आनन्द सारु, नेफ्स्कूनका केन्द्रीय सदस्य यज्ञप्रसाद ढकाल, रजिष्ट्रारको कार्यालयका निमित्त रजिष्ट्रार खेमराज आचार्य, अधिकृत इन्द्रा चपाईं र लेखा अधिकृत विकेन्द्र ढकालले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मितिः   २१ मंसिर २०७७, आईतवार ०९:०१