नेपालद्वारा जापान पराजित

football

जापान र नेपालबीचको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाइ विजयी बनाएका हुन् । उनले ५६ औँ मिनेटमा गोल गरेका हुन् ।

नेपालले गोल गर्ने केही राम्रो अवसरहरू गुमायो भने जापानका केही प्रहार किरन चेम्जोङले बिफल बनाइदिए।

गत वर्षको विनाशकारी महाभूकम्पका पीडितहरूका लागि सहयोग जुटाउने उद्देश्यसहित सोलिडारिटी कप जितेर फर्किएको नेपाली राष्ट्रिय फुटबल टोलीले अहिले फ्रेन्ड्स अफ जापानसँग प्रतिस्पर्धा गरेका हुन ।