‘समृद्ध मध्यपश्चिम’ चिनाउन फोटो प्रर्दशनी सुरु

bbमनघरी फाउन्डेशन र घुमफिर नेपालको आयोजनमा  समृद्ध मध्यपश्चिम फोटो र वाईल्ड वेष्ट भिडियो प्रर्दशन नेपाल पर्यटक बोड भृकृटीमण्डपमा बिहीवारदेखि सुरु भएको छ । मध्य तथा सुदूरपश्मिका पर्यटककिय स्थलाई तस्बिर तथा भिडीयाबाट प्रचार प्रसार तथा प्रर्वद्धन गर्नका लागी तस्विर तथा भिडीयो प्रर्दशनी गरीएको मनघरी फाउन्डेशनका संरक्षक प्रेम बहादुर थापाले बताए ।

मध्यपश्चिका १५ वटै जिल्लाका प्रमुख पर्यटकीय स्थलहरुको ५० वटा तस्बिरहरु प्रर्दशनीमा राखिएको छ । प्रर्दशनीमा बिशेष गरी आन्तरीक पर्यटकहरुको रोजाईमा परेको रारा,जुम्ला,दैलेख, बर्दिया,खप्तड,बडिमालीका,स्वर्गद्धरी लगाएतका तस्विर तथा भिडीयो प्रर्दशनीमा राखिएको फोटो पत्रकार भरतबन्धु थापाले बताए ।

भिडीयो प्रर्दशनीमा मध्य तथा सुदूरपश्चिमका पदयात्रा, सस्कृती लगाएतलाई समेटीएको अध्यक्ष भरतबन्धु थापाले बताए । भिडीयो प्रर्दशनी १० वटा रहेको छ । हुम्ला देखी रारा, खप्तड देखी रारा, वाईल्ड वेष्ट, वाईल्ड वेष्ट ट्राङ्गल (रारा बर्दिया शुक्लाफाट),खप्तड,रारा, बडीमालीक,जुम्ला लगाएतका भिडीयोहरु रहेको छ । थापाले यस भन्दा अघि भक्तपुर,काठमाण्डौ,पोखरा, बाँके, सुर्खेत र दैलेखमा फोटो प्रर्दशनी गरीसकेका छन् विगत आधा दशक भन्दा अघि देखी मध्य तथा सुदूरपश्चिमा पर्यटक स्थलका पर्यटन प्रर्वदनका लागी मनघरी फाउन्डेशनले लागी रहेको छ । फाउन्डेशलन यस अघि मध्यपश्चिमको प्रमुख पर्यटकीय स्थलमा मानिने बर्दियाको पर्यटकीय नक्शा, मध्यपश्चिमका प्रन्ध जिल्लालाई समेटर बृत्तचित्र तथा बिभिन्न जिल्लाका पर्यटकी पहिचान गर्ने पोष्टहरु प्रकाशन गरेको छ ।

नेपाल पर्यटन बोर्डले मासिक रुपमा फोटोनेपालको प्रदर्शनीको आयोजना गरिरहेको छ । यसपटकको विशेष प्रदर्शनीमा मध्य र सूदुर पश्चिमलाई स्थान दिइएको फोटो नेपाल संयोजक सुधन सुवेदीले बताए ।

किन समृद्ध मध्यपश्चिम ?
-नेपालको सबैभन्दा ठुलो रारा ताल मुगुमा रहेको छ । या तालमा स्नो ट्राउट प्रजातीको माछा अन्यत्र कही पनी पाईदैन ।
-नेपालको सबैभन्दा गहिरो ताल फ ोकसुण्डो ताल डोल्पा हो । यो ताल ६५० मिटर गहिरो हुनुका साथै यो तालमा कुनै पनी जिव जनावर तथा केही पनी छैन ।
-नेपाली भाषाको पहिलो दामुपालको अभिलेख दैलेखमा रहेको छ ।
-हिन्दुहरुको पवित्र तिर्थ स्थल तथा ज्वालाहरुको क्षेत्र पनी दैलेखमै रहेको छ ।
-हिन्दु तथा बौद्ध धर्मावलम्बीहरको साझा तिर्थ स्थल तथा दोस्रो लुम्बीनीका रुपले प्रख्या क्राक्रेविहार मन्दिर सुर्खेतमा रहकेो छ ।
-नेपाल भाषाको उद्गम थलो सिझा जुम्लामा रहेको छ ।
-विश्वकै उच्च स्थानमा फल्ने मार्सि धान जुम्ला फल्द छ ।
-नेपालको सबैभन्दा उच्च स्थामा २ हजार ९ सय मिटरमा रहेको हुम्लाको सदरमुकाम सीमीकोट हो ।
-हिन्दु तथौ बौद्ध धर्मावल्मबीहरुको साझा तिर्थ स्थल मानसरोबर जाने प्रमुख मार्ग हुम्लाको सीमीकोट हो ।
-एसियाकै सबैभन्दा ठुलो उपत्यका दाङ हो ।
-हिन्दुहरुको प्रमुख स्थल स्वर्गद्धारी हो ।
-पश्चिम नेपालको प्रवेशद्धार बाँके हो
-नेपालको एम मात्र जुगे महादेव बाँकेको बागेश्वरी मन्दिर परिसरमा रहेको छ ।
-तराईको सबैभन्दा ठुलो राष्टिय निकुन्ज बर्दिया राष्टिय निकुन्ज हो ।
-बाघ हेर्नका लागी सबैभन्दा उपयुक्त स्थल बर्दिया राष्टिय निकुन्ज हो ।

प्रकाशित मितिः   २ मंसिर २०७३, बिहीबार १८:३३