नियन्त्रणमा आएन कोरोना

मुलुकभर थप दुई हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतवार आयोजना गरेको कोरोना ब्रिफिङ्गमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एकै दिन दुई हजार आठ सय २४ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७३ हजार पाँच सय ६७ पुगेको छ । त्यसैगरी हालसम्म देशभरी सक्रिय संक्रमितको संख्या ३७ हजार सात सय ६५ रहेको छ । मन्त्रालयले आइतवार तीन हजार ६ सय २० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएको जानकारी दिएको छ । योसँगै निको हुनेको संख्या एक लाख ३४ हजार आठ सय ४२ संख्या पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ५६ हजार तीन सय ६६ परीक्षणहरू गरिएका छन् । आइतवार जम्मा १३ हजार २३ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या दुई हजार तीन सय ८६ जना रहेका छन् । कोरोना संक्रमणबाट आइतवार थप २३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार नै तीन हजार ६ सय २० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएको जानकारी दिएको छ । योसँगै निको हुनेको संख्या एक लाख ३४ हजार आठ सय ४२ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३७ हजार सात सय ६५ रहेको छ ।

उपचारमा धरौटी नलिन निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरूलाई धरौटी रकम नलिई कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटी माग्ने सबै अस्पतालहरूलाई स्पष्टीकरण सोधिएको जानकारी दिए ।

उनले सक्नेसँग शुल्क लिने र नसक्नेसँग निःशुल्क उपचार गर्ने मन्त्रालयको निर्णय यथावत् रहेको पनि जनाए । सरकारले कोरोना संक्रमितको सःशुल्क उपचार गर्ने निर्णय गरेसँगै विभिन्न अस्पतालहरूले बिरामीहरूको उपचार गर्नुपूर्व धरौटी रकम जम्मा गर्न सूचना निकालेको छ । सुरूवातदेखि नै संक्रमितको निःशुल्क उपचार गर्दै आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले पनि संक्रमितलाई उपचारअघि ५० हजार धरौटी रकम जम्मा गर्न भनेको छ ।

सरकारले कोरोना संक्रमितको उपचार खर्च स्वयम् व्यक्तिबाट नै असुल्ने भने पनि खर्च व्यहोर्न नसक्ने संक्रमितको भने निःशुल्क उपचार गर्ने भनेको छ । त्यसका लागि सरकारले विभिन्न आधारहरू तोकेको छ । सरकारले विपन्न वर्ग, अपाङ्गता भएका, ७० वर्ष माथिका ज्येष्ठ नागरिक र एकल महिलाको निःशुल्क उपचार गर्ने भनेको छ । त्यसका लागि आधार अनुसार प्रमाण–पत्र अस्पतालमा पेश गर्नुपर्ने छ ।

प्रकाशित मितिः   १७ कार्तिक २०७७, सोमबार ०७:५६