बुधवार ५० लाख संकलन

वीरेन्द्रनगरमा सञ्चालित धार्मिक महायज्ञको सातौं दिन बुधबार ५० लाख बढी रुपैयाँ संकलन भएको छ । बुधबार वीरेन्द्रनगर इत्रामका गोविन्द गौतमले सबैभन्दाबढी ५ लाख ४३ हजार रुपैया दान गरेको महायज्ञ प्रचार संयोजक श्रीधर पौड्यालले जानकारी दिएका छन् ।

यसैगरी बुधबार दान गर्ने अन्यदाताहरुमा बिष्ण खड्काले ३ लाख ५१ हजार, पूणकली बुढाले १ लाख ५१ हजार, १ सय ५५, नेपाल वन पैदावर संघले २ लाख, मप क्षेत्रीय अस्पताल परिवारले १ लाख ३७ हजार, साँसद सिता नेपालीले १ लाख ५१ हजार, कमल विक्रम शाहले १ लाख ११ हजार, देउती विद्या निकेतनले ६६ हजार रुपैयाँ दान प्रदान गरेका छन् । यसैगरी मुल समारोह समितिका अध्यक्ष चेतबहादुर अधिकारीका अनुसार उदयबहादुर थापा‘अजित’ ले १ लाख १४ हजार १ सय ७, उत्तम बस्नेत÷ युद्धमानसिंह बस्नेतले १ लाख ११ हजार, झुप्रा बृहत खानेपानीले ६१ हजार, वीरेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको सामुदायिक विकास कार्यक्रम नामक संस्थाले ११ हजार १ सय जगत विसीले १ लाख ५ हजार रुपैयाँ दान गरेका छन् ।

जिल्लामा कर्भड हल निर्माण हुने भनेपछि यसको सहयोगका लागि कार्यालयले बुधबार महायज्ञमै पुगेर ११ हजार १ सय रुपैयाँ प्रदान गरेको सामुदायिक विकास कार्यक्रम नामक संस्थाका अध्यक्ष प्रेमा थापाले बताईन् ।

प्रकाशित मितिः   १ मंसिर २०७३, बुधबार १८:०८