कर दिवस मनाइयो

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले व्यापारी तथा कर शिक्षा सम्बन्धी प्रशिक्षणलाई व्यापक बनाउनुपर्नेमा जोड दिएका छन् । पाँचौं राष्टिय कर दिवसका अवसरमा बुधवार वीरेन्द्रनगरमा आयोजित प्रभातफेरी पछिको कोणसभामा उनले अधिकांश करदाता करनीतिबारे अञ्जान रहेको भन्दै यस्तो आवश्यक्ता औल्याएका हुन् ।

राजस्व अनुसन्धानबाट छापामार्ने निहुँमा बन्दूकसहित छापा मारेर शैलीमा व्यापारीलाई नै आतंकित पार्ने काम हुने गरेपनि निजी क्षेत्रको कडा विरोधपछि हाल सुधार आएकोमा उनले सन्तोष व्यक्त गरे । ‘हरेक व्यापारी र नागरिक कर तिर्न तयार छन’ अध्यक्ष अधिकारीले भने, ‘तर करदाताले तिरेको कर कहाँ कसरी खर्च हुन्छ त्यसको जानकारी लिनपनि चाहेका छन ।’

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद अधिकारीले हरेक नागरिक करदाता भएको भन्दै हाम्रो करले अति विपन्न वर्गको विकासका लागि प्रयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गरे । यस्तै कर कार्यालय सुर्खेतका कर अधिकृत यज्ञराज ढकालले सुर्खेतमा गत वर्षको तुलनामा यस वर्ष २५ दशमलव ५ प्रतिशत ले कर अशुलीमा वृद्धि भएको जानकारी दिए । सुर्खेतमा करदाताहरु कर प्रशासन संग डराएको महशुस आपूmले गरेको भन्दै उहाँले कर प्रशासनसंग डराउनु भन्दापनि नजिक हुनपर्ने सुझाव दिए ।

नेपालको कर प्रणाली एशियाकै कर प्रणालीमा उत्कृष्ट समेत रहेको दाबी गर्दै उहाँले करदाताले यसबारेमा यथेष्ट बुभ्mन भने बाँकी रहेको उल्लेख गरे । गौरवका साथ तिरौं कर,समृद्ध राष्ट हाम्रो रहर भन्ने नाराका साथ शुरु भएको राष्टिय कर सप्ताहको पहिलो दिन आज विहान सुर्खेत उद्योग वाणिज्य संघ र कर कार्यालय सुर्खेतको सहभागितामा मंगलगढीचौकबाट शुरु भएको प्रभातफेरी वीरेन्द्रचौकमा पुगी समापन भएको हो । सरकारले मूल्य अभिवृद्ध कर भ्याट लागू गरेको दिनको अवसर पारेर वर्षेनी मंसिर १ गते राष्टिय कर दिवस तथा सप्ताह मनाउँदै आएको छ ।

प्रकाशित मितिः   १ मंसिर २०७३, बुधबार १७:२०