डीनद्वय ढकाल र रानाको बिदाई

साझा बिसौनी संवाददाता
सुर्खेत, ७ चैत ।
मध्यपश्चिमाञ्चल विश्व–विद्यालयका दुई जना डीनको बिदाई गरिएको छ । मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन सहप्राध्यापक पीताम्बर ढकाल र विज्ञान तथा प्रविधि सङ्कायका डीन डा. केशरसिंह रानालाई आइतवार विश्वविद्यालयले बिदाई गरेको हो । 
बिदाई कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले स्थापनाकालदेखि नै विश्वविद्यालयको निर्माणमा महŒवपूर्ण योगदान पु¥याएको भन्दै डीनद्वयको प्रशंसा गरे । उनले आगामी  दिनमा पनि उनीहरूबाट रचनात्मक भूमिकाको अपेक्षा व्यक्त गरे । कार्यक्रममा बोल्दै मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन पीताम्बर ढकालले विश्वविद्यालयलाई सुधार्दै लैजान उपकुलपतिलाई जस्तो सहयोग गर्न पनि तयार रहेको बताए  । 
त्यसैगरी   अर्का डीन डा. केशर सिंह रानाले सबै जना मिलेर  विश्वविद्यालय बनाउनुपर्नेमा जोड दिए । डीनद्वय ढकाल र राना मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पहिलो कार्यकालका डीन हुन्  । गत फागुन २८ गते दुवै जनाको चार वर्षे कार्यकाल पूरा भएको हो ।  
हाल मानविकी तथा सामाजिक शास्त्र केन्द्रीय महाविद्यालयका प्राज्ञिक निर्देशक आनन्दप्रसाद सुवेदी र विज्ञान तथा प्रविधि सङ्कायका सहायक डीन पदम राज जोशीले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि निमित्त डीनको रूपमा कार्यरत रहेको विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए ।
प्रकाशित मितिः   ८ चैत्र २०७२, सोमबार ०३:४०