नेक्रायुसंघको अध्यक्षमा थुसा

साझा बिसौनी संवाददाता
सुर्खेत, ७ चैत ।
नेपाल मजदुर किसान पार्टीको भातृ सङ्गठन नेपाल क्रान्तिकारी युवा संघको केन्द्रीय अध्यक्षमा प्रकाश थुसा चयन भएका छन् । संघको वीरेन्द्रनगरमा आइतवार सम्पन्न छैठौं राष्ट्रिय सम्मेलनले थुसाको नेतृत्वमा २८ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । 
 यस्तै केन्द्रीय समितिको सदस्यहरूमा राजवीर डंगोल, शंकर भण्डारी, पाण्डव सुवाल, महेन्द्र बखुञ्छें, रामकृष्ण प्रजापति, रेविना डंगोल, मीनबहादुर बाटा, मुक्तिप्रसाद यादव, शैलेन्द्र डंगोल, श्यामकुमार महर्जन, रत्ना चवाल, धनञ्जय अधिकारी र रणबहादुर रोकाया चयन भएका छन् । सर्वसम्मत चयन भएको कार्यसमितिका अन्य सदस्यहरूमा गोविन्दनाथ योगी, वीरेन्द्र शाही, डबल कठायत, कमला विक, ज्ञानेन्द्र चेपाङ, देवनारायण यादव, महेन्द्र शाही, राजकुमार लघु, माधवप्रसाद काफ्ले, घनश्याम पाण्डे, प्रल्हाद लामिछाने, कर्म वाइवा, सन्तोष गौतम, रञ्जुकुमारी सिन्हा र खगेन्द्रबहादुर शाही रहेका छन् ।
तीन दिनसम्म सञ्चालन भएको सम्मेलनले २० बुँदे राष्ट्रिय र ७ बुँदे अन्तर्राष्ट्रिय प्रस्तावहरू समेत पारित गरेको छ । बन्दसत्र सञ्चालनका निम्ति नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापति, केन्द्रीय सदस्य नन्दबहादुर शाही र केन्द्रीय सदस्य अनुराधा थापामगर रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो । 
प्रकाशित मितिः   ८ चैत्र २०७२, सोमबार ०३:४२