दसैँ भत्ता सामाजिक सेवामा

कर्णाली प्रदेशसभाका उप–सभामुख पुष्पा घर्ती विष्टले दसैँ खर्च वापतको भत्ता समाज सेवामा खर्च गरेकी छन् । सरकारले दिएको दसैँ खर्च वापतको पचास हजार रूपैयाँ उनले सामाजिक सेवामा खर्चिएकी हुन् । घर्तीले सोमवार उक्त रकम वीरेन्द्रनगरस्थित मानवसेवा आश्रम, प्रशान्ति वृद्धाश्रम र दुई जना बिरामीलाई वितरण गरेकी हुन् ।

विष्टले कर्णाली प्रदेश मानवसेवा आश्रमलाई १५ हजार, प्रशान्ति वृद्धाश्रमलाई १५ हजार रूपैयाँ नगद हस्तान्तरण गरेकी छन् । यस्तै काठमाडौंमा उपचाररत कालीकोटका नरेन्द्र बोहोरा र नेपाल पत्रकार महासंघका पूर्वसचिव प्रभात चलाउनेलाई १०/१० हजार वितरण गरेकी हुन् ।

प्रकाशित मितिः   ४ कार्तिक २०७७, मंगलवार १२:२२