संक्रमित संख्या ४० हजार नाघ्यो

नेपालमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या एक लाख ३६ हजार ३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमवार तीन हजार सात सय ९० जनामा संक्रमण पुष्टि भएको हो । १५ हजार सात सय १४ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् । मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ९४ हजार पाँच सय एक पुगेको छ । अब नेपालमा ४० हजार सात सय ७८ जना सक्रिय छन् । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या सात सय ५७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै, कर्णाली प्रदेशमा सोमवार ३२ जना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार कालीकोटका आठ, जुम्लाका सात, दैलेखका ६, जाजरकोटका चार, मुगुका दुई, सुर्खेतका एक तथा अन्य प्रदेशका चार जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै प्रदेशका कोरोना संक्रमितको संख्या पाँच हजार एक सय ७० पुगेको छ । प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या तीन हजार आठ सय ८४ पुगेको छ । प्रदेशमा संक्रिय कोरोना संक्रमितको संख्या एक हजार दुई सय ८६ रहेको छ ।

प्रकाशित मितिः   ४ कार्तिक २०७७, मंगलवार १२:२३