एम्नेस्टीको संयोजकमा खड्का

मानवअधिकारको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेसनलको लयर्स समूह ६९, सुर्खेतको संयोजकमा कविता खड्का निर्विरोध निर्वाचित भएका छन् । शनिवार सम्पन्न संस्थाको सत्ताइसौं वार्षिक साधारणसभाले यस अघि उपसंयोजक रहेकी खड्काको नेतृत्वमा ९ सदस्यीय कार्य समितिलाई निर्विरोध निर्वाचित गरेको हो ।

अन्य पदाधिकारीमा दुर्गाप्रसाद शर्मा उपसंयोजक, ध्रुवबहादुर सिंह सचिव, सागर खड्का सहसचिव र गीता बम कोषाध्यक्ष रहेका छन् । त्यस्तै सदस्यहरूमा जगतदल जनाला वि.क., दिपक बुढा, विवेक खनाल र सिर्जना जि.सी. पनि निर्विरोध निर्वाचित भएको संस्थाका निवर्तमान संयोजक हरिलाल खड्काले जानकारी दिए । वार्षिक साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं एम्नेस्टी इन्टरनेसनल नेपालका केन्द्रीय महासचिव कर्ण कुँवरले एम्नेस्टी एक अभियानमूलक संस्था भएकाले मानव अधिकारको संरक्षण तथा प्रवद्र्धनका लागि स्थानीय स्तरमा पनि समूहहरूको भूमिका महŒवपूर्ण हुने हुँदा सबैलाई मानव अधिकारको अभियानमा सक्रियताका साथ संलग्न हुन अनुरोध गरे ।

त्यस्तै एम्नेस्टी इन्टरनेसनल नेपालका केन्द्रीय सदस्य गोविन्द वाग्लेले अहिलेको कोरोना महामारीको समयमा मानव अधिकार हननका घटनाहरू बढ्दै गएको बताउँदै यस्तो विषम् परिस्थितिमा काम गर्न केही असहज हुने भए पनि त्यसका बाबजुद पनि एम्नेस्टीका अभियान्ताहरू सक्रिय रहनुपर्ने बताए । एम्नेस्टी इन्टरनेसनल नेपाल, लयर्स समूह ६९, सुर्खेतका संयोजक हरिलाल खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समूहका पूर्व संयोजक देवेन्द्रकुमार सेजुवाल, समूह २ का संयोजक भरत पन्त, काँक्रेविहार युथ नेटवर्कका संयोजक महेन्द्र विक्रम खड्का लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

प्रकाशित मितिः   २ कार्तिक २०७७, आईतवार १२:२०