आधुनिकताको अचानो
नेपालमा प्राचिन कालदेखि हालको संघीय लोकतान्त्रिक गणतन्त्र शासन पद्धतिसम्म आइपुग्दा विभिन्न वंशले शासन चलाए अर्थात विभिन्न शासन पद्धति अवलम्बन गरियो । विभिन्न हत्या काण्ड, आन्दोलन, युद्ध भए । विभिन्न समयमा ऐन–कानुन बने, परिर्माजन भए । आखिर किन त ?
खासगरी एकथरिको बुझाइ त्योभन्दा अगाडिको शासन पद्धति वा शासकले देशको विकास हुन सकेन र कतिपयको बुझाइ आफू र आफ्नो वर्चश्व कायम राख्नलाई मात्र हो भन्ने पक्षधर भएको यथार्थ हो, किन कि हरेक व्यक्ति कुनै न कुनै आन्दोलनमा सहभागि भएको देखिन्छ ।
यो यथार्थ हो, हाम्रो देशमा तीव्र गतिमा विकास हुन सकेको छैन । विकासको गति बढ्न नसक्नुमा कतिसम्म शासन पद्धति वा नीति, नियम, कानुन मात्र कारण थियो अर्थात छ त्यो बहसको विषय होला । तर पहिलेदेखि नै हामी आम नेपाली जनता, शासक, वुद्धिजीवि सबैको सबैभन्दा ठूलो कमजोरी भने पक्कै हो जुन हाम्रो विभिन्न समयमा विभिन्न पुस्ताले आफूमा भएको पूर्ण ज्ञानसीप अर्को पुस्तामा हस्तान्तरण गर्न नसक्नु र आफ्नो पुस्ताभन्दा अगाडि पुस्तामा भएको ज्ञान, सीप र प्रविधिलाई ग्रहण गर्न नसक्नु नै हो ।
नेपालको इतिहास फर्केर हेर्दा नेपालमा प्राकृतिक स्रोतसाधन, मानवीय स्रोतसाधन, ज्ञान, सीप तथा प्रविधिको धनि देश थियो जो कि कुनै समय अहिलेका विकसित राष्ट्रभन्दा कम थिएन भन्ने थुप्रै आधार छन् । चाहे त्यो इन्जिनियरिङ्ग क्षेत्र, औषधि उपचार पद्धति, वातावरण मैत्री तथा उपयुक्त प्रविधि केहीको कमि थिएन ।
१८औं शताब्दीको मध्यदेखि १९औं शताब्दीको मध्यसम्म बेलायतमा औधोगिक क्रान्ति चल्यो त्यसबाट विकासको गति अलि तीव्र गतिमा भएको थियो तर त्यसभन्दा अगाडि सन् १२४४ मा जन्मेका कलाकार वैज्ञानिक अरनिको पालामा प्राचिन धातुकर्मीमा अनैकौं रसायनिक प्रविधिको उच्चतम् ज्ञान थियो भन्ने ज्वलन्त उदाहरण छन् । जस्तै पहिले नेपालका अरनिलाई तिब्बतका राजा कुलमण्डलले अरनीलाई बोलाई स्वेत चैत्य निर्माण गरेका थिए जुन अहिले पनि पर्यटकको आकर्षक केन्द्र बनेको छ ।
१२९९ मा भ्रमण दिशा यन्त्र, दिशा दरेन्ज यन्त्र, काइरोड अनि भुकम्प नाप्ने यन्त्र पनि बनाएका थिए । योगका पर्वतक आयुर्वेदको विकासमा समेत योगदान गरेका पतञ्जलिको जन्म नेपालकै अर्घाखाँची जिल्लामा भएको भनेर प्रध्यापक विष्णुराज आत्रेय विभिन्न प्रमाणसहितको अनुसन्धानले बताइसकेको छ तर यसको प्याटेन्ट अधिकार पतञ्जलि भारतमा जन्मेको भनेर लिइसकेको छ । यस्ता विभिन्न प्रमाण छन् कि पहिले नेपालले वास्तविक आधुनिकता थियो । जनरल गेहेन्द्र शमशेरले बेलायत घुमेर आएपछि त्यहाँ देखेको कुरालाइ नेपालमा नै आएर नेपालकै स्रोत साधनको प्रयोगलाई प्राथमिकता दिइ विरगञ्ज, धिरगञ्ज जस्ता हातहतियार नेपालमै बनाएका थिए । विडम्बना भन्नुपर्छ अहिले ति केही कुराको संस्थागत भएको देखिदैन ।
नेपालमा पहिलेदेखि नै विभिन्न जातमा आधारित काम अर्थात काममा आधारित जातको सामाजिक संरचना थियो मल्लकालका नेपालमा वर्णश्रममा आधारित जातिअनुसारको पेसा तथा व्यवसाय अपनाउने गरि सामाजिक संरचना कायम गरिएको थियो । पहिलेबाट नै विभिन्न काम वा पेसाका आधारमा जात वा जातका आधारमा काम बाँडिएको थियो तर विभिन्न काल–समयमा एक पुस्ताबाट अर्को पुस्तामा त्यसको महŒव, भावलाई अर्थपूर्ण तरिकाले सहि अर्थ बुझाइ हस्तान्तरण गर्न सकिएन जसको परिणाम स्वरूप अहिले पनि तल्लो जात र उपल्लो जात भनि विवादित विषय बन्यो र बनिरहेको पनि छ तर त्यो किन गरिएको थियो ? त्यसको हामीले तथा हामीभन्दा अगाडिका पुस्ताले त्यसको अर्थ बुझेनौ जसको अर्थ थियो कि सीप तथा ज्ञानमा निपूर्णता ल्याउनलाई हो भनि बुझ्न सकेनौ ? कि आफ्नो पुर्खामा भएको पेसा नगर्नु आधुनिकता हो ?
आधुनिकिकरणको अर्को नाम उपयुक्त प्रविधि पनि हो अर्थात भएको आफ्नो परम्परागत मौलिक सीप र ज्ञानलाइ सम्बद्र्धन र प्रबद्र्धन, स्तरोन्नती गरि आफ्नो देश, भेष र वातावरण अनुकूल प्रयोग गर्नु हो । तर हामीले आधुनिकता भनेको आफ्नो रितिरिवाज, संस्कारलाई रूढीवादी भन्यौ, विदेशी संस्कारलाई अङ्गालो हाल्यौं, सालका पातका टपरिको प्रयोगमा प्लाष्टिकका प्लेट प्रयोग ग¥यौं, गाँउ–घरमा विवाह–पूजामा सबै मिलेर काम गरि गर्ने भोज पार्टी–प्यालेस, रेष्टुरेण्टमा वा घरमा क्याटरिङ्ग बोलाएर गर्ने लाग्यौ, गाँउघरमा कोदोको रोटीको ठाँउमा चाउचाउ, मोहि–दहिको ठाँउमा कोकाकोला, पञ्चे बाजाको स्थानमा डेग, गुन्द्री–चकटीको ठाँउमा प्लाष्टिकका । के यही हो त हाम्रो आधुनिकता ? अंग्रेजी भाषा बोल्दैमा उसलाई आधुनिक मान्ने, अङ्गेजी, हिन्दी लगायतका गीत सुन्ने अनि फिल्म हेर्नेले पनि आफूलाई आधुनिक हुँ भन्नेको लहर नै छ । परम्परागत पानि घट्ट–मिललाई सुधार गरिए जस्तै अरू ढिकी, जाँतो तथा अन्य विभिन्न प्रविधिलाइ सुधार गर्न किन प्रयास भएन ?
आफ्नोमा भएको सीप, कला, संस्कार, ज्ञानलाई लत्याएर अरूकोलाई मात्र अपनाएको न त दीगो हुन्छ न त आधुनिकता त्यसैले भएकोलाइ सम्बद्र्धन गरि आवश्यक परिमार्जन प्रबद्र्धन गरि अगाडि बढ्नुको विकल्प छैन ।
आधुनिकताको अचानोमा हाम्रा परम्परागत मौलिक ज्ञान, प्रविधि, संस्कार पिसिएका छन् । हामीमा थोत्रो आधुनिकतावादको भ्रमले जरा गाडि सकेको छ, अब हामीले चाहेर पनि सजिलै त्यसबाट निस्कन सक्ने अवस्था छैन । तर पनि हामी सबै विस्तारै हाम्रो व्यवहारमा परिवर्तन गर्दै गयौं भने र सरकारले पनि त्यसलाई प्राथमिकता राखि आयातलाई कमी गर्ने तथा आवश्यक कदम चाल्नु र प्रत्येक छोराछोरीले कम्तीमा आफ्नो बाबु–आमामा भएको ज्ञान, सीप म मा पनि हुनुपर्छ भनि सिक्यौ र अर्को पुस्तालाई पनि हस्तान्तरण गरियो भने एउटा नयाँ आधुनिकिकरणको युग सुरु हुनेछ ।
प्रकाशित मितिः २४ आश्विन २०७७, शनिबार ०८:५७
साझा बिसौनी ।