थप ७९ जनामा संक्रमण

कर्णाली प्रदेशमा मंगलवार थप ७९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरूमा सुर्खेतका ५२, दैलेखका पाँच, कालीकोट र रुकुम–पश्चिमका चार÷चार, सल्यान र जाजरकोटका तीन/तीन, जुम्ला र हुम्लाका एक/एक तथा अन्य प्रदेशका ६ जना छन् ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले योसँगै कर्णालीमा कोरोना भाइरस संक्रमितको संख्या तीन हजार नौ सय ६८ पुगेको बताए । उनका अनुसार मंगलवार नै ३९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म तीन हजार एक सय ८५ जना संक्रमणमुक्त भएका छन । पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा कोरोनाका सक्रिय संक्रमित सात सय ५१ जना छन् । चिकित्सकहरूका अनुसार केही दिनयता लक्षणसहितका संक्रमितको संख्या बढ्दै गएको छ ।

प्रकाशित मितिः   २१ आश्विन २०७७, बुधबार १०:०८