प्रदेश नं. ७ को समृद्धिका लागि पर्यटन विकास

ganesh-kanchan-thapaप्रदेश नं.७ लाई समग्र नेपालसँग जोड्ने नेपालको सबैभन्दा लामो कर्णाली नदीमा दुई पक्की पुल निर्माण भएका छन् । यिनै पक्की पुलले गर्दा पनि पर्यटकहरूलाई प्रदेश नं. ७ मा भ्रमण जानको लागि सहज भएको छ । प्रदेश नं. ७ अर्थात सुदूरपश्चिम नेपालकै सुन्दर तथा प्राकृतिक सम्पदाले भरिपूर्ण अनुपम पर्यटकीय गन्तव्य हो । सुदूरपश्चिमका पर्यटकीय गन्तव्यस्थलमा प्रचूर सम्भावना भए पनि उचित व्यवस्थापन तथा समुचित सदुपयोगको अभावमा अमूल्य सम्पदाहरू प्रयोगविहीन अवस्थामा रहेका देखिन्छन् ।
महŒवपूर्ण क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन राज्यबाट अहिलेसम्म कुनै पनि ठोस र प्रभावकारी काम अझै हुन सकेको छैन । यस क्षेत्रमा पर्यटन व्यवसायलाई राष्ट्रिय रूपमा नै अगाडि बढाएको खण्डमा पर्याप्त लाभ भने लिन सकिन्छ । नेपाल प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाले परिपूर्ण देश हो । नेपाललाई पर्यटकीय दृष्टिले महŒवपूर्ण मुलुकका रूपमा विश्वभरी परिचित छ । पुरातात्विक हिसाबले र खनिज पदार्थको उत्खनन्का लागि नेपाल एक अध्ययनभूमि बन्न सक्दछ । पर्यटकीय विकासको प्रचूर सम्भावनाको नमुना देश नेपाल, पर्यटकीय आधारमा विश्वका अन्य देश भन्दा कम छैन । नेपालका पर्यटकीय क्षेत्रबारे जिज्ञासा राख्ने जो कोही पनि नेपालका मनोरम स्थलप्रति आकर्षित भइरहेका छन् । नेपालमा कैयौं यस्ता पर्यटकीय स्थलहरू छन्, जहाँ विकासका पूर्वाधारको चरम अभाव भइरहेको छ । तर पनि पर्यटकहरू विभिन्न कष्ट सहेरै भए पनि ती विभिन्न क्षेत्र विभिन्न ठाउँसम्म पुग्ने गरेका छन् । अझ पर्यटकीय सम्भावना बोकेका कतिपय महŒवपूर्ण ठाउँको प्रचारप्रसारको अभाव जीर्ण बन्दै गएका छन् । नेपालमा रहेका पर्यटकीय महŒवका ठाउँको राम्रोसँग पहिचान गरी त्यहाँसम्म पुग्ने पर्यटकका लागि आधारभूत कुराको विकास गर्नसके नेपालका अधिकांश ठाउँहरू स्थानीय विकासका लागि पर्यटनकै क्षेत्रबाट आत्मनिर्भर बन्नसक्ने सम्भावना रहेको छ ।
पर्यटन व्यवसाय प्रदेश नं. ७ अर्थात् सुदूरपश्चिमको मात्रै नभइ नेपालकै आर्थिक विकासको जग बन्न सक्नेछ । प्राकृतिक सौन्दर्यको खानी नेपाल मनोरम हिमश्रृंखला, तालतलैया, हरिया वनजंगल, खोलानाला, हिमाल, पहाड र तराइको संयुक्त अवस्थिति, नेपाल र नेपालीको गौरवशाली पहिचान रहँदै आएको छ । आफ्नो छुट्टै विरताको गाथा तथा इतिहास रहेको नेपाल पर्यटकीय दृष्टिकोणले अथाह सम्भावना बोकेको देश हो । चार जात ३६ वर्णको साझा फूलबारीको रूपमा चिनिने नेपालमा सबै जातजातिका समुदायको बेग्लाबेग्लै पहिचान रहेकाले सांस्कृतिक विविधताले भरिपूर्ण देश नेपाल हो भनेर चिनिदै आएको छ । यो विविधताबीच हरेक नेपाली एकअर्कासँग परस्परा सम्बन्धमा रहेका छन् ।
जातीय, सांस्कृतिक, भाषिक, धार्मिक लगायतका विविधतामा रहेको नेपालमा एकअर्काको चाडपर्व र रीतिरिवाजमा अर्को समुदायले खुलेर सहभागिता जनाउँदै खुशी साटासाट गर्ने अद्भूत सहिष्णुता कायम रहेको छ । त्यसकारण हामी विविधतामा एकताको पाठ सिक्दै विश्वसामु प्रस्तुत गर्दै यसलाई पनि पर्यटक आकर्षणको माध्यम बनाउन सक्ने भएका छौं । लोकप्रिय र विश्व चर्चित खेलहरू जस्तै बन्जिजम्प, ¥याफ्टिङ, प्याराग्लाइडिङ, हात्तिपोलोको लागि नेपाल अति उपयुक्त र सम्भावना बोकेको देश हो । यहाँको भौगोलिक बनावट तथा संरचनामा नरमाउने पर्यटक विरलै होलान् । जसमध्ये प्याराग्लाइडिङ सुदूरपश्चिमका धेरै पहाडी क्षेत्रमा उपयुक्त रहेको छ । यसका लागि परीक्षण कार्य समेत भइसकेको छ । तर, यसलाई व्यवसायिक रूपमा सञ्चालन गर्न भने विशेष पहल हुनैपर्छ । सुदूरपश्चिममा आर्थिक विकासलाई तीव्रता दिन पर्यटन विकासलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता भइसकेको छ । सगरमाथाको देश नेपालमा १ पटक पाइला टेक्नकै लागि समेत पर्यटक लालायीत हुने गरेका छन् । तिनै पर्यटकलाई सुदूरपश्चिमका मनोरम ठाउँबारे जानकारी गराएर जरुरी छ यहाँसम्म पर्यटकको गन्तव्य कायम गर्न आवश्यक छ ।
नेपालका हरेक ठाउँ र वस्तुमा प्राकृतिकपन भेट्न सकिन्छ । नेपालका हरेक विकास क्षेत्रमा हिमाल, पहाड र तराईको भौगोलिक तथा प्राकृतिक बनोटको अनुपम संयोजन पाइन्छ । त्यसकारण प्रकृतिप्रेमीका लागि नेपालमा अन्य क्षेत्रजस्तै सुदूरपश्चिम पनि वरदानसिद्ध छ । भाषा, कला, साहित्य, हिमाल, ताल, वाइल्ड लाइफ लगायत विविधताको थलोको रूपमा चिनिएको प्रदेश नं. ७ अर्थात् सुदूरपश्चिम आन्तरिक पर्यटकका साथै भारतीय र चिनियाँ पर्यटकका लागि उत्कृष्ट गन्तव्य हुनसक्ने सम्भावना छ । सुदूपश्चिमका सबै जिल्लामा विमानस्थल भए पनि सञ्चालनमा नआएकाले तुरुन्त सञ्चालनमा ल्याइ यहाँको आर्थिक तथा सामाजिकस्तर उन्नति गर्न सकिन्छ । ट्रेकिङ, हाइकिङ, ¥याफ्टिङ, जंगल सफारी लगायतका पर्यटन कार्यक्रम सुदूरपश्चिममा नियमित रूपमा सञ्चालन गरेमा यहाँको विकासलाई तीव्रता दिन सकिन्छ । प्रदेश नं. ७ का पर्यटकीय गन्तव्यमा खप्तड बाबा, शुक्लाफाँटा वन्यजन्तु आरक्ष, मेलौली भगवती, उग्रतारा, त्रिपुरासुन्दरी, रामारोशन, झिलमिला ताल, बेदकोट ताल लगायतका सुरक्षित र उत्कृष्ट गन्तव्यका रूपमा रहेका छन् । बडीमालिकाको सुन्दरता, रामारोसन तालको चमक, शैलेश्वरीकुमारी देवीको शक्ति, घोडाघोडी तालको छाल, अनुपम रूपमा एक पिल्लरमा ठडिएको कर्णाली पुल किनाराको आनन्द, यार्सागुम्बाका लागि प्रसिद्ध अपी, सैपाल हिमाल, अछामको सुर्मासरोवर, नेपालको सातौं शक्तिशाली धामको रूपमा परिचित मालिकार्जुन दार्चुला, एसियाकै लामो दोधाराचाँदनी झोलुङ्गे पुल, ऐतिहासिक महŒव बोकेको डडेलल्धुराको अजयमेरकोट र अमरगढी किल्ला, दार्चुलाको तपोवन, बैतडी पाटनभन्दा माथि ठाँडको लामो गुफा, कैलालीको बनाना रिसोर्ट, सबैभन्दा ठूलो टिकापुर पार्क यहाँका पर्यटकीय गहना हुन् । यी क्षेत्रहरू अलिअलि भए पनि प्रचार–प्रसारमा आइसकेका क्षेत्रहरू हुन् । प्रदेश नं. ७ का थुपै धार्मिक, ऐतिहासिक र प्राकृतिक महŒवका क्षेत्रहरू रहेका छन् ।
त्यस्ता क्षेत्रको बारेमा स्थानीय बासिन्दालाई मात्र जानकारी छ, सूचना तथा सञ्चारको राम्रोसँग पहुँच नभएको र पर्यटनको महŒवबारे जानकारी नभएका ती क्षेत्रमा पर्यटकीय क्षेत्रको महŒवबारे सचेतना फैलाउने हो भने विशेष पर्यटकीय महŒव भएका नयाँ ठाउँहरू पनि प्रचारमा आउन सक्छन् । सांस्कृतिक रूपमा छुट्टै पहिचान बोकेको गौरा पर्व आन्तरिक पर्यटकका लागि विशेष आकर्षण हो । देउडा, छलिया नृत्यप्रति सम्पूर्ण नेपालीको विशेष आकर्षण रहेको छ । प्रदेश नं. ७ अर्थात सुदूरपश्चिम नेपालकै सुन्दर तथा प्राकृतिक छटाले भरिपूर्ण अनुपम पर्यटकीय गन्तव्य हो । सुदूरपश्चिमका पर्यटकीय गन्तव्यस्थलमा प्रचूर सम्भावना भए पनि उचित व्यवस्थापन तथा समुचित सदुपयोगको अभावमा अमूल्य सम्पदाहरू प्रयोगविहीन अवस्थामा छन् । महŒवपूर्ण क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन राज्यबाट अहिलेसम्म ठोस र प्रभावकारी कार्य हुन सकेको छैन । पर्यटन व्यवसायलाई राष्ट्रिय रूपमा नै अगाडि बढाएको खण्डमा पर्याप्त लाभ लिन सकिन्छ ।
अहिले सुदूरपश्चिमको मानव विकास सूचकाङ्कलाई ध्यानमा राखेर राज्यले सोच्नुपर्ने विषय के हो भने– नेपालकै मानव विकास सूचकाङ्कमा यहाँ व्याप्त गरीबी, बेरोजगारी र अशिक्षाले ठूलो असर पारिरहेको छ । त्यसैले त्यहाको अन्य विकासका लागि समानान्तर रूपले बजेट वर्गिकरण गरिएतापनि पर्यटकीय विकासलाई विशेष प्राथमिकतामा राखिदिने हो भने त्यसले सुदूरपश्चिमको चौतर्फी विकासतर्फ योगदान पुर्याउने छ । तेह्रौ योजनाका अनुसार अझै पनि नेपालमा २३.८ प्रतिशत जनसङ्ख्या गरीबीको रेखामुनि रहेको छ । जसमध्ये अधिकाशं कर्णाली तथा सुदूरपश्चिममा छन् । जीवनस्तर सर्वेक्षण २०११ का अनुसार ३८ प्रतिशत जनसङ्ख्या न्यूनतम दैनिक आवश्यकता र क्यालोरी प्राप्त गर्न नसक्ने अवस्थामा छन् । खाद्य सुरक्षा तथा पोषणका हिसाबले मध्य तथा सुदूरपश्चिम निकै पछाडि रहेको कुरा तेह्रौँ योजनाले देखाइसकेको छ । यस्तो तथ्याङ्कबीच विकासका लागि छिटो सजिलो र उपयुक्त माध्यम पर्यटन नै हो । पर्यटन व्यवसायका माध्यमबाट सुदूरपश्चिमवासीले आफ्नो दयनीय अवस्थालाई छिट्टै उकास्न सक्छ छन् । पर्यटन विकासलाई आर्थिक विकासको माध्यम बनाउने विषय सोच्दा समाजमा रहेका विभिन्न अन्धविश्वास र कुरीतिलाई समेत जरैदेखि उन्मूलन गर्न आवश्यक छ । छाउपडी गोठभित्र बसेर अपमानित भइरहँदा, बलात्कृत हुँदा, सर्पले टोकेर, बाघले झम्टेर मरिरहँदा र अघोषित रूपमा चलिरहेको कमलरी प्रथाजस्ता कुरीतिका उदाहरण सुन्दा पर्यटकको मन खिन्न लाग्न सक्छ । पर्यटकको आकर्षण बढाउन समाजमा रहेका यस्ता कुरूपता पनि निर्मूल गर्न जरुरी छ । यति मात्र नभई नेपाली कला, संस्कृति, रीतिरिवाज लगातयका साथै नेपाली जीवनपद्दतिबाट आज विकसित
मानिने मुलुकका नागरिकहरू अत्यन्त प्रभावित छन् । नेपाल आउन लालायीत पर्यटकहरू यहाँको पूर्वाधार विकासको अवस्थाले गर्दा मन खुम्च्याउन बाध्य भएका छन् । जसको प्रत्यक्ष असर पर्यटन विकासमा परिरहेको छ । झन् अन्य विकास क्षेत्रका तुलनामा सुदूरपश्चिम अझै धेरै पछाडि छ । धेरैजसो पर्यटकीय ठाउँको प्रचार–प्रसारको अभाव र आन्तरिक राजनीतिक खिचातानीका कारण नेपालको पूँजी बजारमा ठूलो नोक्सानी भइरहेको छ । नेपालको राजनीतिले समेत निश्चत
गति लिन नसकेकाले समय–समयमा भइरहने बन्द, हड्तालबाट पर्यटन क्षेत्र नराम्ररी प्रभावित बन्दै आइरहेको छ । पर्यटन प्रवद्र्धनका लागि कुनै ठोस प्रयास नहुनु तथा भएका नीतिनियमको पनि सही रूपमा कार्यान्वयन गराउन नसक्नु नेपालकै पर्यटन विकासको क्षेत्रमा ठूलो क्षति हो । नेपाल पर्यटन विकासलाई बेवास्ता गरिँदा हामीले दैनिक रूपमा सम्भावनालाई गुमाउँदै आर्थिक
क्षतिको सामना गरिरहेका छौं, यस क्षतिलाई न्यून गर्न र जीवनस्तर सुधार गर्न हामीले सरकारलाई गम्भीर दबाब दिनैपर्ने देखिन्छ । सरकार भनेको मन्त्रीमण्डल मात्रै हो भन्ने गलत बुझाइलाई समेत हरेक पक्षले त्यागेर विकासका लागि सबै एकजुट हुन सदैब आवश्यक छ ।
(कालिकास्थान, अछाम स्थायी घर भएका लेखक हाल सुर्खेतमा बसेर पत्रकारितामा क्रियाशील छन् ।)