नेपालले जित्यो सोलिडारिटी कपको उपाधि

सुर्खेत ३० कात्तिक । नेपालले एएफसी सोलिडारिटी कपको उपाधि हात पारेको छ । आज भएको फाइलनमा मकाउलाइ १-० ले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालको जीतमा सुजल श्रेष्ठले हेडमार्फत गरेको गोल नै निर्णायक बन्यो।

यो उपाधिसँगै नेपालले ६२ वर्षपछि एसियाली फुटबल महासंघ (एएफसी)को आधिकारिक प्रतियोगिता जित्ने इतिहास रचेको छ ।