ब्राउनसुगरसहित चार जना पक्राउ

प्रहरीले लागूऔषध ब्राउनसुगरसहित चारजनालाई पक्राउ गरेको छ । गत मंगलवार वीरेन्द्रनगर नगरपालिकाको सुब्बाकुनाबाट ६ ग्राम चार मिलिग्राम ब्राउनसुगरसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डिएस्पी) रामप्रसाद घर्तीका अनुसार दुई वटा पोकामा छुट्टाछुटै परिणाममा लुकाइछिपाई ल्याइएको ब्राउनसुगर चेकजाँचका क्रममा बरामद गरिएको हो । डीएस्पी घर्तीका अनुसार सार्वजनिक यातायातमा आएका उनीहरूले चार ग्राम सात सय मिलिग्राम एउटा र एक ग्राम सात सय मिलिग्राम अर्को पोका बनाएर लागूऔषध ल्याएका थिए । उनीहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   १७ आश्विन २०७७, शनिबार ०९:२०