गाउँपालिका कार्यालय सिल
दैलेखको गुराँस गाउँपालिकाको कार्यालय सिल गरिएको छ । पालिकाका उपाध्यक्षसहित तीन जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि शुक्रवारदेखि कार्यालय सिल गरिएको हो । आगामी २२ गतेसम्मको लागि पालिकाबाट दैनिक रूपमा हुने कामकाज बन्द हुने भएका छन् । गुराँसमा उपाध्यक्षसहित गाउँपालिकाका कार्यरत कर्मचारी, बिदामा आएका नेपाली सेना र चार जना शिक्षकलाई समेत संक्रमण पुष्टि भएको प्रमुख प्रशासकीय अधिकृत नन्दराम चौलागाईंले जानकारी दिए । संक्रमित सबैको स्वास्थ्य अवस्था भने सामान्य छ ।
उनका अनुसार एक जना कर्मचारी वीरेन्द्रनगरमा आफ्नै घरमा होम आइसोलेसनमा बसेको र उपाध्यक्षसहित अन्य संक्रमितहरू भने गाउँपालिकाको आइसोलेसनमा बसेका छन् । ती संक्रमित व्यक्तिहरूको कन्ट्याक्ट टे«सिङमा परेका ५७ जनाको स्वाब संकलन गरी जिल्ला अस्पताल दैलेखमा परीक्षणका लागि पठाइसकिएको प्रमुख प्रशासकीय अधिकृत चौलागाईले बताए ।
प्रकाशित मितिः १७ आश्विन २०७७, शनिबार ०९:१९
साझा बिसौनी ।