प्रदेश ५ को राजधानी दाङ, नाम लुम्बिनी
प्रदेश ५ सरकारले स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले उक्त प्रस्ताव प्रदेशसभामा पेस गरेका हुन् । यसअघि शुक्रवार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गरेको मन्त्री केसीले बताए ।
दाङको भालुवाङलाई केन्द्रमा राखेर गढवा र राप्ती गाउँपालिका तथा अर्घाखाँची शितगंगा नगरपालिकालाई पनि राजधानीमा जोड्ने प्रस्ताव मन्त्री केसीले प्रदेश सभामा प्रस्तुत गरेका हुन् । प्रदेश मन्त्रिपरिषद्को यो निर्णयसँगै प्रदेश ५ मा प्रदेश राजधानी बनाउने कि दाङलाई बनाउने भन्ने विषय लामो समयदेखि विवाद चलेको थियो । अब उक्त विवाद टुङ्गिएको छ ।
नेपालको संविधानले प्रदेश राजधानी र प्रदेशको नाम तोक्ने अधिकार प्रदेश सभालाई दिएको छ । यसअघि कर्णाली, गण्डकी, बाग्मती र सुदूरपश्चिम प्रदेशले नाम र राजधानीबारे टुङ्गो लगाइसकेको छ । प्रदेश १ र प्रदेश २ ले भने नाम र राजधानीबारे टुङ्गो लगाउन
सकेका छैन ।
साझा बिसौनी ।