६० हजार बढी कोरोनामुक्त
कोरोना भाइरस ‐कोभिड– १९) संक्रमणबाट मुक्त हुनको संख्या ६० हजार नाघेको छ । हालसम्म देशभर ८२ हजार चार सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा तीमध्ये ६० हजार ६ सय ९६ जना संक्रमणमुक्त भएका हुन् । शुक्रवार मात्रै कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या तीन हजार तीन सय सात रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा पाँच हजार चार सय दुई , प्रदेश २ मा १३ हजार नौ २८, बागमती प्रदेशमा १८ हजार आठ सय ५१, गण्डकी प्रदेशमा तीन हजार तीन सय ७९ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् ।
त्यस्तै प्रदेश ५ मा नौ हजार ८१, कर्णालीमा तीन हजार २५ र सुदूरपश्चिममा सात हजार ३० जना संक्रमणमुक्त भएका हुन् । नेपालमा कोरोना संक्रमण निको हुने दर ७३ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
प्रकाशित मितिः १७ आश्विन २०७७, शनिबार ०९:१५
साझा बिसौनी ।