सक्रिय संक्रमित ६ सय बढी

कर्णाली प्रदेशमा कोरोना भाइरस कोभिड–१९ का सक्रिय संक्रमितको संख्या ६ सय बढी पुगेको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार बुधवारसम्म प्रदेशका सक्रिय कोरोना संक्रमितको संख्या ६ सय १२ पुगेको हो । बुधवार मात्रै थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ पुष्टि हुने संक्रमितमा सुर्खेतका २४, सल्यानका २२, कालीकोटका पाँच, दैलेख र जुम्लाका दुई÷दुई, मुगुका एक र अन्य प्रदेशका एक जना छन् ।
संक्रमितमध्ये पाँच सय २९ जना कोरोना अस्पताल तथा विभिन्न आइसोलेसन सेन्टरमा रहेका छन् भने बाँकी होम आइसोलेसनमा रहेको महाशाखाले जनाएको छ । हालसम्म प्रदेशमा तीन हजार पाँच सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये दुई हजार नौ सय ३९ जना संक्रमणमुक्त भइसकेका छन् भने ६ जनाको मृत्यु भएको छ ।

यस्तै, नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार आठ सय १७ पुगेको छ । बुधवार थप एक हजार पाँच सय ५९ जनामा कोरोना देखिएको हो । देशभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या चार सय ९८ पुगेको छ ।

प्रकाशित मितिः   १५ आश्विन २०७७, बिहीबार ०८:२०