७४ हजार बढीको पीसीआर
कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पत्ता लगाउन हालसम्म ७४ हजार एक सय ३७ जनाको पीसीआर परीक्षण गरिएको छ । तीमध्ये तीन हजार चार सय ९४ जनामा कोरोना पुष्टि भएको हो । प्रदेशमा मंगलवार थप ५२ जना संक्रमित थपिएका छन् । पाँच सय २७ जनाको परीक्षण गर्दा ५२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सुर्खेतका ३४, कालीकोटका चार, दैलेखका तीन, हुम्लाका तीन, जुम्लाका दुई, जाजरकोट र डोल्पाका एक÷एक तथा अन्य प्रदेशका चार जनामा संक्रमण देखिएको हो । यस्तै मंगलवार नै ६३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । महाशाखा प्रमुुख वृषबहादुर शाहीले हालसम्म प्रदेशमा दुई हजार नौ सय पाँच जना संक्रमणमुक्त भइसकेको जनाए । पछिल्लो तथ्याङ्क अनुसार सक्रिय कोरोना संक्रमितको संख्या पाँच सय ८९ जना रहेका छन् । कर्णालीमा संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ ।
त्यस्तै, नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार दुई सय ५८ पुगेको छ । मंगलवार मात्रै देशभर एक हजार पाँच सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ५५ हजार तीन सय ७१ जना संक्रमणमुक्त भएका छन् । नेपालमा २० हजार तीन सय ९६ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
प्रकाशित मितिः १४ आश्विन २०७७, बुधबार ०९:३२
साझा बिसौनी ।